Incident Reports

प्रधानाध्यापकमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै धनुषाका शिक्षक आन्दोलित – Online Khabar

2021-11-01

Madhes, Dhanusha, Sabaila

१५ कात्तिक, जनकपुरधाम । चार दिनअघि धनुषाका एक प्रधानाध्यापकमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै जिल्लाभरका शिक्षक आन्दोलनमा उत्रिएका छन् ।सोमबार धनुषका शिक्षकहरुले जनकपुरधाममा प्रदर्शन गरेका छन् । स्थानीय रेल्वे स्टेशनबाट निकालिएको विरोध र्‍यालीले भानु चोक, शिव चोक, जनक चोकसहित नगरको विभिन्न भाग परिक्रमा गरेको थियो ।

उनीहरुले ‘शान्ति सुरक्षा कायम गर’, ‘दोषीलाई कारबाही गर’ लगायतका नारा लगाएका थिए ।

डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेको भन्दै शिक्षकहरुले जनमत पार्टी मुर्दावाद नारा समेत लगाएका छन् ।

प्रदर्शनपछि दोषीलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत दिएका छन् ।

सबैला नगरपालिकाको रघुनाथपुरस्थित फकिरचन्द उच्च माविका प्रधानाध्यापक बैजु साहलाई विद्यार्थीहरूले १२ कात्तिकमा दुर्व्यवहार गरेका थिए । विद्यालयबाट मोटरसाइकलमा बाहिरिने क्रममा विद्यार्थीले पठनपाठन नगराएको, अनावश्यक शुल्क लिएको आरोप लगाउँदै प्रधानाध्यापक साहलाई कालोमोसो फाल्दै चप्पलले समेत हिर्काएका थिए ।

घटनापछि नेपाल शिक्षक महासंघले आन्दोलन परिचालन समिति गठन गरी आन्दोलन शुरु गरेको हो । प्रधानाध्यापक साहमाथि दुर्व्यवहार गर्नेलाई कारबाही नगरिए आन्दोलन जारी राख्ने उनीहरुले बताएका छन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments