Incident Reports

शिक्षक–कर्मचारी आन्दोलित : तलबभत्ता माग्न विद्यालय नै बन्द गरेर कल्याणपुर नगरपालिकामा धर्ना

2021-11-01

Madhes, Siraha, Kalyanpur

कल्याणपुर नगरपालिका क्षेत्रका शिक्षक र कर्मचारी विद्यालय बन्द गरेर सोमबारदेखि धर्नामा बसेका छन् । आफूले पाउनुपर्ने सेवा–सुविधा नपाएको भन्दै उनीहरू कल्याणपुर नगरपालिकाको प्रशासनिक भवनअगाडि धर्नामा बसेका हुन् ।

चाडपर्वका वेला पनि आफूहरूको तलबभत्ता नदिइएको भन्दै उनीहरू रुष्ट छन् । यसअघि ध्यानाकर्षण मात्र गराउँदै आएका उनीहरूले सोमबारबाट विद्यालय नै बन्द गरेर अनिश्चितकालीन धर्ना सुरु गरेका छन् । आन्दोलन सञ्चालन समितिका संयोजक रहेका रामपुकार रायले बाध्य भएर विद्यालय बन्द गरी आन्दोलनमा उत्रिनुपरेको बताए । ‘कल्याणपुर नगरपालिकाले आफ्नो नगरक्षेत्रभित्रका सामुदायिक विद्यालयका शिक्षक कर्मचारीको तलबभत्ता भुक्तानी नगरेपछि बाध्य भएर यो कदम चालेका हौँ,’ संयोजक रायले भने । कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकुमार दासले भने नगरसभा नहुँदा नगरपालिकाको खाता सञ्चालन नभएकाले कर्मचारी र शिक्षकको तलबभत्ता रोकिएको दाबी गरे । ‘खाता सञ्चालन भएको छैन,’ प्रमुख प्रशासकीय अधिकृत दासले भने, ‘नगरसभा नहुँदा सूत्र प्रणाली लागू भएकाले खाता सञ्चालन गर्ने अख्तियारी नै प्राप्त भएको छैन ।’

सात हजार विद्यार्थीको पढाइ ठप्प

शिक्षक–कर्मचारीको धर्नाले विद्यालयको पठनपाठन ठप्प भएको छ । शिक्षक कर्मचारी नै आन्दोलनमा उत्रेपछि कल्याणपुर नगरपालिका क्षेत्रका ६ वटा माध्यमिक विद्यालयसहित २९ विद्यालयका करिब सात हजार बालबालिकाको पठनपाठन प्रभावित बनेको छ । कोरोना महामारीका कारण लामो समयसम्म बन्द रहेका विद्यालय हालै मात्र खुलेका थिए । शिक्षक–कर्मचारीकै आन्दोलनका कारण विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । तर, आन्दोलनरत शिक्षकहरू बाध्य भएर विद्यालय बन्द गर्नुपरेको जिकिर गरिरहेका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people N
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments