Incident Reports

धानको बाला र बोटसहित माइतीघरमा प्रदर्शन (तस्बिरहरु) – देशसञ्चार

2021-11-02

Bagmati, Kathmandu, Kathmandu, Ward 11

काठमाडौँ – गुणस्तरहीन धानको बीउ तथा मनसुनपछिको वर्षाका कारण धान खेतीमा क्षति हुँदा मर्कामा परेका किसानलाई क्षतिपूर्तिका माग गर्दै प्रदर्शन भएको छ।नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ उपत्यका समन्वय समितिको आयोजनामा मंगलबार माइतीघर मण्डलामा धानको बाला र बोटसहित प्रदर्शन भएको हो।

गुणस्तरहीन धानको बीउका कारण समस्यामा परेका उपत्यकाका किसानको समस्या समाधान गरिनु पर्ने तथा गुणस्तरहीन धानको बीउ आयातकर्ता र बिक्रेतालाई कारबाहीको माग उनीहरुले गरेका छन्।यस्तै कात्तिकको सुरुमा परेको भारी वर्षाका कारण भित्र्याउने बेलाको धान खेतीमा भएको क्षतिको मूल्यांकन गरी किसानलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि उनीहरुले माग गरेका छन्।

प्रदर्शनकारीले किसानले उत्पादन गरेका धानसहितका उत्पादन खरिद गर्नका लागि खरिद केन्द्र स्थापना गर्न पनि माग गरेका छन्। यस्तै साना किसानको ऋण मिनाहा, ठूला किसानको व्याज मिनाहा, नि:शुल्क कृषि बीमाको व्यवस्था, किसान कार्ड तत्काल लागू गर्न तथा किसान पेन्सनको व्यवस्था गर्न पनि उनीहरुले माग गरेका छन्।देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले किसानको पक्षमा भएको प्रदर्शनका केही तस्बिर खिचेकी छन्।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Left Alliance (CPN-MC, UML & others)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments