Incident Reports

जलवायु परिवर्तको असरबारे ध्यानाकर्षण गराउन नागरिक अगुवाले गरे प्रदर्शन (तस्बिरहरु) – देशसञ्चार

2021-11-02

Bagmati, Lalitpur, Lalitpur, Ward 3

काठमाडौँ – नागरिक समाजका अगुवाहरुले जलवायु परिवर्तनबारे ध्यानाकर्षण गराउन भन्दै प्रदर्शन गरेका छन् । संयुक्त राष्ट्र संघको नेपालस्थित कार्यालय अगाडि ललितपुरको पुल्चोकमा उनीहरुले मंगलबार प्रदर्शन गरेका हुन् ।उनीहरुले ‘विकसित विश्व, तिम्रो विवेकको विकास कहिले?’, ‘देशमै उत्पादित स्वच्छ उर्जाको प्रयोग गरौँ, खर्बौँको पेट्रोलियम पदार्थ आयात बन्द गरौँ’, ‘कोप–२६ सेभ प्लानेट, सेभ ह्युम्यानिटी’ सहितका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।अहिले बेलायतको स्कट्ल्याण्डस्थित ग्लास्गो शहरमा जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलन कोप–२६ भइरहेको छ । सो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली गएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments