Incident Reports

तस्करी रोक्न खोज्दा प्रहरीमाथि हातपात | Nagarik News - Nepal Republic Media

2021-11-02

Nepal

नेपाल–भारत खुला सीमाबाट तस्करी रोक्न खोज्दा नेपाल प्रहरीमाथि भारतीय तस्कर महिलाहरुले हातपात गरेका छन्। सीमा सुरक्षा जमुनाह चौकीसीमा सुरक्षा जमुनाह चौकीका प्रहरी सहायक निरीक्षक (असइ) रुद्रा ओली, प्रहरी जवान वविता चौधरी, गोपिचन राई र जितमान चौधरीलाई बाख्रा तस्करी गर्दै गरेकी चार भारतीय महिलाले हातपात गरेका हुन्।

मूल नाका छलेर भित्री बाटो हुँदै तस्करी भइरहेको सूचना आएपछि बाख्रा नियन्त्रण गर्न खोज्दा तस्करीले आफूमाथि हातपात गरेको असइ ओलीले बताइन्। तिहार नजिकिँदै गर्दा तस्करीले बाहिरी बाटो (चोर बाटो) बाट तस्करी गर्दै आएका छन्। ‘भित्री बाटो हुँदै बाख्रा तस्करी भएको सूचनाका आधारमा हामी पहिला दुई पछाडि दुईजना त्यहाँ गएका थियौं,’ असइ ओलीले भनिन्, ‘नियन्त्रण गर्न खोज्दा हामीमाथि उल्टै हातपात भयो।’

तस्करी रोक्दा आफूमाथि हातपात हुनु दुःखद् भएको उनको भनाइ छ। ‘तस्करीले मूल नाका अपनाउँदैनन्,’ उनले भनिन्, ‘ड्युटी हो सूचना आएपछि तस्करी रोक्न जानै पर्‍यो।’ जाँदा आफूहरुमाथि हातपात हुने गरेको उनी बताउँछिन्। तस्करी रोक्न पहिला सादा पोसाकमा प्रहरी जवान गोपिचन र जितमान गएका थिए। उनीहरुलाई तस्करी महिलाले हातपात गरेपछि असइ रुद्रा र प्रहरी जवान वविता पुगेका थिए। उनीहरुलाई पनि ति महिलाले हातपात गरेको सीमा प्रहरी चौकीले जनाएको छ। भारतीय ति महिलाले भारतबाट अवैधरुपमा बाख्रा नेपाल तस्करी गर्दै गर्दा प्रहरीले रोक्न खोजेको थियो।

भारतीय महिलाले पछि गल्ती स्वीकर गरेपछि सहमतिमा उनीहरुलाई छाडिएको जमुना प्रहरी इन्चार्ज प्रहरी नायब निरीक्षक (सइ) मिनबहादुर बिष्टले बताए। ‘अवैधरुपमा बाख्रा नेपाल प्रवेश गराउने महिलाले नेपाल प्रहरीमाथि हातपात गरेका थिए,’ उनले भने, ‘पछि गल्ती स्वीकार गरेपछि हामीले छोडिदियौं।’ बेलाबेलामा यस्ता घटना हुने गरे पनि जिल्ला प्रहरी कार्यालय भने बेखबर जस्तै बन्छ। सीमा सुरक्षाकर्मीमाथि कुनै खालका अप्रिय घटना भएका खबर प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपाने बताउँछन्। ‘सुरक्षाकर्मीमाथि नै हातपात भएका घटना आएका छैनन्, हामी गम्भीर परिचालन भएका छौं,’ उनले भने, ‘वर्षाैंदेखि गर्दै आएको पेसामा प्रहरीले रोकथाम गर्दा आवेगमा आउँछन्, तर प्रहरी आवेगमा नआएरै आफ्नो जिम्मेवारी निर्वाह गर्छ।’

तत्काल सीमा क्षेत्रबाट थप प्रहरी आएपछि ठूलो घटना हुन नपाएको उनले बताइन्। सीमामा खटिएका सुरक्षाकर्मी असुरक्षित हुने गरेको प्रहरीको भनाइ छ। पूर्वाधार, जनशक्ति अभाव, प्रविधिलगायतले सीमा क्षेत्रका सुरक्षाकर्मी असुरक्षित हुने गरेका छन्। यसभन्दा पहिला पनि सादा पोसाकका असइमाथि तस्करीको एक समूहले हातपात गरेको थियो। लागूऔषध नियन्त्रण गर्न खोज्दा आफूमाथि हातपात भएको नाम नबताउने सर्तमा ति असइले बताए। अण्डकोषमा हानेर तस्करीले एकजना सशस्त्र प्रहरीलाई पनि घाइते बनाएका छन्। सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई बेलाबेला तस्करीले आक्रमण गर्ने गरेका छन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
National/Online Media

0 Comments