Incident Reports

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान परिषद्का कर्मचारीद्वारा तालाबन्दी- समाचार - कान्तिपुर समाचार

2021-11-08

Bagmati, Lalitpur, Lalitpur

काठमाडौँ — स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान परिषद्ले कार्यकारी निर्देशकको राजीनामाको माग गर्दै तालाबन्दी गरेको छ । सोमबार ललितपुरको जावलाखेलस्थित परिषद्‌मा कर्मचारीहरुले कार्यकारी निर्देशक पीतकुमार श्रेष्ठको राजीनामाको माग गर्दै कार्यकारी निर्देशकको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।कर्मचारीहरुले राष्ट्रिय स्तरको तालिम केन्द्रमा कार्यरत कर्मचारीहरुको अवस्था, कर्मचारीको सम्मानजनक व्यवस्थापन, संस्थाको संस्थागत सुदृढीकरण नभएका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको बताएका छन् । उनीहरुले कार्यकारी निर्देशकलाई बारम्बार यस विषयमा अवगत गराए पनि चासो नदिएको आरोप समेत लगाए । कर्मचारीहरुले २२ सूत्रीय माग राखेर कार्यकारी निर्देशकसाग छलफल गरे पनि माग अनुसारको सम्बोधन नभएको बताएका छन् ।

 कर्मचारीहरुले कार्यकारी निर्देशकले कर्मचारीको क्षमता र विश्वास गुमाइसकेकाले राजीनमा दिनुपर्ने माग राखेका छन् । उनीहरुले लिखित रुपमा कुशल नेतृत्व नदिँदासम्म अहिलेका कार्यकारी निर्देशकलाई कार्यकक्षमा पूर्ण रुपमा प्रवेश गर्न नदिने बताएका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments