Incident Reports

भरतपुर १३ का वडाध्यक्षले अनियमितता गरेको भन्दै कार्यकक्षमा ताला - Narayanionline.com

2021-11-12

Bagmati, Chitawan, Bharatpur, Ward 13

आर्थिक अनियमितता गरेको भन्दै भरतपुर महानगर–१३ का स्थानीयले वडाध्यक्षको कार्यकक्षमा ताला लगाएका छन् । स्थानीयले २०७५ चैतमा गरिएको राइनोकुञ्ज पर्यटन मेलाको लेखापरीक्षणसहितको खर्च–आम्दानी सार्वजनिक नगरेको आरोप लगाएका छन् ।

वडाध्यक्ष प्रकाश दवाडी माओवादी केन्द्रबाट निर्वाचित हुन् । ४ बुँदे माग राख्दै केही स्थानीयले असोज २५ गते ज्ञापनपत्र बुझाएका थिए । वडाध्यक्षले कात्तिक १० गतेसम्म मेलाको खर्च विवरण सार्वजनिक गर्ने वचन दिएपछि विरोधका कार्यक्रम रोकेका थिए । तर मेलामा १६ लाख खर्च र ४ लाख बचत भएको टिपोट यहीं २३ गते सार्वजनिक गरेपछि लेखापरीक्षण नगरिएको भन्दै स्थानीय आन्दोलित छन् । घोल क्षेत्रमा राइनोकुञ्ज खेल मैदान बनाउन ८२ ट्रिपर ग्राबेल राखेको दावी वडाले गरेको थियो । तर अन्यत्रै ग्राबेल बेचेको स्थानीयको आरोप छ । राप्रावि ब्रहम्मपुरीको ट्रष्ट निर्माणमा आर्थिक पारदर्शिता नभएको स्थानीयको बुझाइ छ । भवन निर्माणमा परेको ३२ लाख बजेट फ्रिज हुन नदिन सार्वजनिक खरिद नियमावली विपरीत काम गरेको आशंका गरेका छन् ।

उज्जल चोक–गंगानगरको करिब २ किमि सडक कालोपत्रे गर्न प्रतिमिटर १ हजार ३० रुपैयाँ स्थानीयबाट उठाएर काम सकिँदापनि वडाले खर्चविवरण सार्वजनिक गरेको छैन । स्थानीय सूर्य न्यौपानेले पटक–पटक ध्यानाकर्षण गराउँदासमेत खर्च विवरण सार्वजनिक नगरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको बताए । २३ गते लगाएको ताला खोलेपछि फेरि बिहिबार ताला लगाइएको हो । वडाध्यक्ष दवाडीसँग बुझ्न पटक–पटक फोन गर्दा उनी सम्पर्कमा आएनन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments