Incident Reports

पेट्रोलियम पदार्थ र उपभोग्य सामाग्रीमा मूल्य वृद्धिको विरोधमा पोखरामा प्रदर्शन - Pokhara News

2021-11-12

Gandaki, Kaski, Pokhara Lekhnath

पोखरा न्यूज । पोखरामा एकीकृत समाजवादी निकट अनेरास्ववियूले मूल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थ र उपभोग्य सामाग्रीमा भएको चर्को मूल्य वृद्धिको विरोधमा पृथ्वीनारायण क्याम्पस पोखरामा सुन रुपी काउली प्रदर्शन गरी विरोध जनाइएको हो ।

पेट्रोलियम पदार्थ, खाने तेल, सिलिन्डर लगायत दैनिक उपभोग्य सामाग्रीको मूल्यमा आएको वृद्धिले गाउँ गाउँबाट आएका विद्यार्थी लगायत सर्वसाधारण जनतालाई समेत दैनिक खर्च धान्न मुस्किल भएकोले दबाब स्वरूप सुन जस्तै देखिने रंग लगाएको काउली हातमा प्रदर्शन गरेर आन्दोलन गरिएको संयोजक सन्तोष न्यौपानेले बताउनुभयो ।

उहाँले विगतमा आन्दोलनका नाममा चक्काजाम र हडताल गर्दा जनतालाई सास्ती हुने गरेको भन्दै आफूहरूले सरकार र सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराउने उद्देश्यसहित साङ्केतिक रूपमा सुन रुपी काउली प्रदर्शन गरेर विरोध जनाएको संयोजक न्यौपानेले उल्लेख गर्नुभयो ।

‘हाम्रो सङ्गठनलाई को सरकारमा छ, छैन मतलब छैन, संयोजक न्यौपानेले भन्नुभयो, ‘ हामी निरन्तर जनताको आवाजलाई बुलन्द गर्दै सुनुवाई नहुँदा सम्म आन्दोलन रोक्ने छैनौ । उहाँले प्रतिगमनकारी केपी ओलीको सरकार ढाल्ने सामर्थ्य भएको विद्यार्थी आन्दोलनले जनताको आवाज बोलिरहेको बताउँदै सुनुवाइ नभएमा यो सरकार विरुद्ध समेत सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो ।

कार्यक्रममा बोल्दै अनेरास्ववियू सचिव रशिक न्यौपानेले गठबन्धनको सरकार भए पनि आफूहरूको संगठन सधैँ जनताकै पक्षमा रहने भएकाले जनताको ढाड सक्ने गरी भएको मूल्य वृद्धि घटाएर जनताको दैनिकी सहज तुल्याउन तत्काल पहलकदमी लिन सरकारलाई बाध्य पार्ने बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय उपमहासचिव राजन शर्मा पराजुली, केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला अध्यक्ष बज्रराज अधिकारी, सचिवालय सदस्य रशिका भण्डारी, सूर्यदेव लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Communist Party of Nepal) - Unified Socialist
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments