Incident Reports

मूल्य वृद्धिको विरोधमा हेटौंडामा विप्लवको मसाल जुलुस,३० गते नेपाल बन्द - Khabar Break

2021-11-12

Bagmati, Makawanpur, Hetauda

हेटौंडा । पेट्रोलियम पदार्थमा गरिएको मूल्‍य वृद्धि विरुद्ध नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा मकवानपुरले हेटौंडामा मसाल जुलुस प्रदर्शन गरेको छ । शुक्रबार साँझ हेटौंडाको चौकीटोलबाट सुरु भएको मसाल जुलुस बुद्धचोक हुँदै सिमाचोक पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई विप्लवका केन्द्रीय सदस्य एवं मकवानपुर ईन्चार्ज नयनले सम्बोधन गर्दै मूल्य वृद्धि कार्तिक २९ गते भित्र फिर्ता नभए आफुहरु कार्तिक ३० गते नेपाल बन्द गर्न बाध्य हुने बताए । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै उनीहरू मूल्यवृद्धि फिर्ताको माग गर्दै मसाल जुलुस प्रदर्शन गरेका हुन् ।शुक्रबार साँझ जिल्लाको विभिन्न ठाँउहरुमा मसाल जुलुस प्रदर्शन गरिएको विप्लव मकवानपुरले जनाएको छ । गएको कार्तिक २५ गते पेट्रोलियम पदार्थमा गरिएको मूल्‍य वृद्धि विरुद्ध विप्लव नेतृत्वको नेकपाले नेपाल बन्‍दसहितका संघर्षका कार्यक्रम घोषणा गरेको छ । एक विज्ञप्‍ति जारी गर्दै नेकपाले चरणबद्ध आन्‍दोलनका कार्यक्रम घोषणा गरेको हो । विरोध कार्यक्रमको अन्‍तिम दिन कात्‍तिक ३० गते नेपाल बन्‍द गर्ने नेकपाले घोषणा गरेको छ ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ पुर्‍याएको छ । बढेको मूल्यसँगै पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मट्टितेलको प्रतिलिटर ११९ रुपैयाँ पुगेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments