Incident Reports

प्रधानन्यायाधीशविरुद्ध बुटवलमा पनि प्रदर्शन- समाचार - कान्तिपुर समाचार

2021-11-14

Lumbini, Rupandehi, Butwal

बुटवल — प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बर्हिगमनसहितको माग गर्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा आइतबार कानुन व्यवसायीहरुले प्रदर्शन गरेका छन् । विकृतिविहीन, भ्रष्टाचारमुक्त, सक्षम र स्वतन्त्र न्यायपालिकाको मागसहित उच्च अदालत बार एसोसियसन बुटवलले अदालत परिसरमा विरोध प्रदर्शन गरेका हुन् ।कालो ब्यानर लिएर हातमा कालो पट्टी बाँधेर उभिएका कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै प्रदर्शन गरेका थिए । बिहान साढे १० बजेबाट सुरु भएको विरोधको साढे ११ बजेसम्म चलेको थियो । बारको विरोधका कारण उक्त अवधिमा अदालतबाट हुने काम कारबाही रोकिए । त्यसपछि भने काम सुचारु भएका छन् । विरोध प्रदर्शन एक घण्टाका दरले तीन दिनसम्म चल्ने बुटवल बारका अध्यक्ष जोगबहादुर केसीले बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown
National/Online Media

0 Comments