Incident Reports

प्रधानन्यायाधीशको राजीनामा माग्दै सुनसरीका कानुन व्यवसायीहरू कालो मास्क लगाएर प्रदर्शनमा- प्रदेश १ - कान्तिपुर समाचार

2021-11-14

सुनसरी — प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध सुनसरी बारका कानुन व्यवसायीहरू पनि आन्दोलनमा उत्रिएका छन् । नेपाल बार एसोसिएसनमा आवद्ध सुनसरी बारका कानुन व्यवसायीहरू कालो मास्क लगाएर प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै कार्यालय हातामा ११ देखि १२ बजेसम्म धर्ना बसेका थिए ।

सुनसरी बारका अध्यक्ष शारदा प्रसाद अधिकारीको अगुवाइमा कानुन व्यवसायीहरूले सर्वोच्च अदालत परिसरमा जारी धर्ना तथा आन्दोलनको कार्यक्रमको समर्थनमा सुनसरी बार कालो मास्क लगाएर आन्दोलनमा उत्रिएको हो । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आइतबारका लागि बार एसोसिएसनले देशभर आन्दोलनको घोषणा गरेको थियो ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments