Incident Reports

प्रधानन्यायाधीश जवराविरुद्ध उदयपुरमा पनि विरोध प्रदर्शन

2021-11-14

भोटराज राईउदयपुर, कात्तिक २८ गते । नेपाल वार एशोसिएशन उदयपुरले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेको छ । विरोधको क्रममा जिल्ला अदालत उदयपुरको वार एशोसिएशनमा आवद्ध कानुन ब्यवसायीहरुले दुई घण्टा धर्ना दिएका छन् ।

वारको कार्यालयमा कालो ब्यानर राख्दै हातमा कालो पट्टीसहित धर्ना बसेको उदयपुर बारका प्रतिनिधिले बताउनुभएको छ । वार उदयपुरले आगामी ३० गतेसम्म नियमित दुई घण्टा धर्ना कार्यक्रम राखेको अध्यक्ष श्यामानन्द चौधरीले जानकारी दिनुभयो ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown
National/Online Media

0 Comments