Incident Reports

पूर्वसभासद् बादशाहलाई पक्राउ गर्न माग गर्दै प्रशासनमा धर्ना – Online Khabar

2021-11-15

बाँकेको निर्मला कुर्मी प्रकरणमा पूर्वसभासद् बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै अधिकारकर्मीहरुले प्रशासनमा धर्ना दिएका छन् । मुख्य आरोपी कुर्मीलाई प्रशासनले संरक्षण गरेको भन्दै अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय, बाँकेमा धर्ना दिएका हुन् ।

प्रशासनले मुख्य आरोपी कुर्मीलाई जोगाएकाले न्याय माग्दै धर्नामा बस्नुपरेको मानवअधिकारकर्मी खानले बताइन् । धर्ना बसेका महिलाहरुले प्रधानमन्त्री र गृहमन्त्रीको फोटो बोकेको प्लेकार्ड बोकेर न्यायका लागि कलम चलाइदिन आग्रह गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, बाँकेले चाहिँ घटनामा संलग्न ७ जना पक्राउ परिसकेको बताउँदै बादशाहलाई समात्न कानूनी आधार नभएको बताएको छ । उनी पहिल्यै बयान दिएर हाजिरी जमानीमा छुटेको भन्दै प्रहरीले पक्राउ गर्न नमिल्ने बताउँदै आएको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people N
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments