Incident Reports

वडाध्यक्षको कार्यकक्षमा २० दिनदेखि तालाबन्दी

2021-10-27

Madhes, Siraha, Lahan, Ward 24

सिराहाको लहान नगरपालिका– २४ का वडाध्यक्षको कार्यकक्षमा विगत २० दिनदेखिको भएको तालाबन्दी अझै खुलेको छैन । असन्तुष्ट स्थानीय र पाँचदलीय गठबन्धनले वडाध्यक्ष कमलदेव यादवको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

लामो समयसम्म तालाबन्दी नखुलेपछि अध्यक्ष यादवले सोमबार लहानमा पत्रकार सम्मेलन गरी असन्तुष्ट पक्षलाई छलफलमा बस्न आह्वान गरेका छन् । लगातारको तालाबन्दीले सेवाग्राही मर्कामा परेको भन्दै वडाध्यक्ष यादवले छलफलमा बस्न आग्रह गरेका हुन् । त्यसअघि वडाध्यक्ष यादवले आइतबारदेखि वडासचिवको कोठामै बसेर काम थालेका छन् ।

‘तालाबन्दी गर्नुको मुख्य कारणसमेत मैले थाहा पाएको छैन, २० दिनदेखि सेवाग्राही व्यक्तिगत घटना दर्ता र अन्य सिफारिसहरू नपाएर फर्किन बाध्य छन् । असन्तुष्ट स्थानीय बासिन्दा र पाँचदलीय गठबन्धनले सामान्य ध्यानाकर्षण पनि नगराई एक्कासि तालाबन्दी गर्दा सेवाग्राहीलाई मर्का परेको छ,’ पत्रकार सम्मेलनमा उनले भने, ‘जे–जस्ता असन्तुष्टि छन्, छलफलमा बसेर समाधान खोजौँ ।’

स्थानीय तहको निर्वाचनपछि नगरकै सबैभन्दा ठूलो वडामा पर्ने गोविन्दपुरका विभिन्न गाउँटोलहरूमा प्राथमिकता र आवश्यकताको आधारमा सडक खानेपानी पुर्‍याएको उनले चर्चा गरे । ‘त्यसबाहेक छुटेका गाउँटोलहरूमा चालू आर्थिक वर्षमा आधारभूत आवश्यकतासम्बन्धी विकासका योजनाहरू छनोट भएका छन् । छनोटमा परेका योजनाहरू कार्यान्वयन नै गर्न नदिई विकासमा विभेद ग¥्यो भन्नु उचित हुँदैन,’ उनले भने ।

विकासमा विभेद गरेको आरोप लगाउँदै गोविन्दपुरका बासिन्दाले विरोध गर्दै आएका थिए । खाल्डाखुल्डी परेको सडकमा स्थानीयले गत साउनदेखि ट्र्याक्टर समेत गुड्न दिएका छैनन् । वडाध्यक्ष यादवले सौतेलो व्यवहार गरेको स्थानीयको आरोप छ । तर, वडाध्यक्ष यादवले यस विषयमा छलफल गर्न दुईपटक समय मिलाइएको, तर, पहिलोपटक नगरप्रमुखले नभ्याएको र दोस्रो पटकसडक बन्द गर्नेहरू नै छलफलमा नआएको दाबी गरे ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals , Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments