Incident Reports

हेटौंडामा दिनदिनै मसाल जुलुस,भोलिको नेपाल बन्द सफल पार्न विप्लव मकवानपुरको अनुरोध - Khabar Break

2021-11-15

Bagmati, Makawanpur, Hetauda

हेटौंडा । पेट्रोलियम पदार्थमा गरिएको मूल्‍य वृद्धि विरुद्ध बागमती प्रदेशको राजधानी हेटौंडामा पछिल्लो केहिदिन यता दिनानुदिन विरोध प्रदर्शन भईरहेको छ ।नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा मकवानपुरले मूल्‍य वृद्धि विरुद्ध प्रदर्शन गर्दै मसाल जुलुस गरेको हो ।

सोमबार राति पनि विप्लव मकवानपुरले हेटौंडाको सिमाचोकमा विरोध प्रदर्शन गर्दै मसाल जुलुस गरेको हो । प्रदर्शन गर्दै नेपाल बन्द घोषणा गरिएको छ ।पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै उनीहरू मूल्यवृद्धि फिर्ताको माग गर्दै मसाल जुलुस प्रदर्शन गरेको हो ।

प्रदर्शनमा ‘मूल्य खारेज गर,मढ्दो महङ्गी बन्द गर,कालो बजारी अन्य गर,३ बुँदे सहमती कार्यन्यन गर,राजबन्दीहरु रिहा गर,नेपाल कम्युनिष्ट पाटी जिन्दवाद,दलाल पुँजीवाद व्यवस्था मुर्दावाद,वैज्ञानीक समाजवाद जिन्दावाद,भोलि कात्तिक ३० गतेको नेपाल बन्द सफल पारौ’ लगाएतको नाराहरु लगाईएको थियो ।

विप्लव मकवानपुरले बन्द सफल पार्न विद्यालय,पसल,उद्योग,सवारीहरु बन्द गरेर सहयोग गर्न अनुरोध गरेको छ । मसाल जुलुस प्रदर्शनमा सयौ युवाहरुको सहभागि देखिन्थो ।

गएको कार्तिक २५ गते पेट्रोलियम पदार्थमा गरिएको मूल्‍य वृद्धि विरुद्ध विप्लव नेतृत्वको नेकपाले नेपाल बन्‍दसहितका संघर्षका कार्यक्रम घोषणा गरेको थियो ।

विप्लवले मूल्य वृद्धि फिर्ता नलिए नेपाल बन्द विरोध कार्यक्रमको अन्‍तिम दिन कात्‍तिक ३० गते नेपाल बन्‍द गर्ने घोषणा गरेको थियो । मूल्य वृद्धि फिर्ता नलिएको भन्दै भोलिको नेपाल बन्द कार्यक्रम यथावत रहेको बताईएको छ ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ पुर्‍याएको छ । बढेको मूल्यसँगै पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मट्टितेलको प्रतिलिटर ११९ रुपैयाँ पुगेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments