Incident Reports

वीरगञ्ज : छठ पर्वमा हिन्दूमाथि आक्रमण गर्नेविरुद्ध प्रर्दशन, मुख्यमन्त्रीको राजीनामा माग « News24 : Premium News Channel

2021-11-16

Madhes, Parsa, Birgunj

वीरगञ्ज (पर्सा) । छठ पर्वको दिन मुस्लिम समुदायले हिन्दू समुदायमाथि गरेको आक्रमणविरुद्ध वीरगञ्जमा विरोध प्रदर्शन गरिएको छ । हिन्दू समाज पर्सासहित विभिन्न हिन्दूवादी संगठनहरुले हिन्दूको पर्व छठको अवसरमा हरेक वर्ष मुस्लिम समुदायले आक्रमण गर्ने गरेको भन्दै विशाल प्रदर्शन गरेका हुन् ।

धनुषा, बारालगायत विभिन्न जिल्लामा मुस्लिमहरुद्वारा हिन्दूहरुको आस्थाको केन्द्र एवं प्रमुख चाड छठ पर्वमा हस्तक्षेप गरि हिन्दूमाथि गरिएको आक्रमणविरुद्ध हिन्दूवादी संगठनहरुले विरोध जनाएका हुन् । विरोध जुलुसमा सहभागी हिन्दू समाजले मुख्यमन्त्री लालबाबु राउत गद्दीको राजीनामा माग गरेका छन् । उनीहरुले हिन्दुमाथि आक्रमण गर्ने जिहादी मानसिकता बोकेका मुस्लिमलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने, ईस्लामिक आतंकवाद मुर्दावाद, नेपाललाई हिन्दू राष्ट्र कायम गरलगायतको नारा लगाएका थिए । हिन्दू समाज पर्साको अगुवाईमा जिल्ला प्रहरी कार्यालयस्थित लालबांगलाबाट निकालिएको विरोध जुलुस वीरगन्जको घण्टाघर, माइस्थान, आर्दशनगर, छपकैया हुँदै महानगरपरिक्रममा गरि पुनः घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै सहभागी वक्ताहरुले हिन्दूमाथि आक्रमण गर्ने जिहादी मानसिकता बोकेका मुस्लिमहरुलाई यथाशीघ्र पक्राउ गरी कडा कारवाही गर्नुपर्ने माग गरेका छन् । कोणसभामा विश्व हिन्दू परिषदका जिल्ला अध्यक्ष ओमप्रकाश साहले प्रदेश २ का मुख्यमन्त्रीले नै हिन्दूमाथि आक्रमण गराए । त्यस्तै नेपाली काँग्रेसका जिल्ला नेता धर्मेन्द्र पटेलले पनि हिन्दूमाथि आक्रमण गर्नेलाई कुनैपनि हालतमा नछाड्ने चेतावनी दिए । मोहमद लालबाबु राउत गद्दी मुख्यमन्त्री भएदेखि नै हिन्दूहरुको हरेक चाडपर्वमा मुस्लिम समुदायले आक्रमण गर्दै आएको छ ।

नेपाल विश्व हिन्दू महासंघका सचिव अभिषेक तिवारीले पनि नेपालका हिन्दू संगठित हुनुपर्नेमा जोड दिए । उनले भने, ‘हिन्दू संगठित भएनौं भने हामी शरनार्थी हुन्छौ । मुस्लिम आयोग र मुख्यमन्त्रीको गतिविधि राम्रो छैन ।’त्यस्तै उनले नेपालमा अवैध रुपमा भित्रिइरहेका मुस्लिमहरु संगठित भएर हिन्दूमाथि आक्रमण गरिरहेको र उनीहरुको संरक्षण मुस्लिम आयोग र मुख्यमन्त्रीले नै गरिरहेको आरोप लगाए । आफनो धर्म संस्कृति बचाउँन र नेपाललाई मुस्लिमिकरणबाट जोगाउँन हिन्दूहरु संगठित भएर नेपाललाई पुनः हिन्दूराष्ट्र घोषणा गराउन आवश्यक रहेको बताए ।

त्यस्तै कोणसभालाई सम्बोधन गर्दै हिन्दू परिषद् नेपालका अध्यक्ष सन्तोष पटेलले पनि मुस्लिम आयोग र प्रदेश २ का मुख्यमन्त्रीको मिलोमतोमा हिन्दूहरुको मनोबल खसाउने काम भईरहेको आरोप लगाए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Hindu Religious Organization
Actor 1 - Youth unknown
Actor 2 - Number of people Not Available
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments