Incident Reports

नकुन्नी र निर्मलाको न्यायका लागि आन्दोलित समूहले थाल्यो माइतीघरमा अनशन

2021-11-25

Bagmati, Kathmandu, Kathmandu, Ward 11

काठमाडौं– बाँकेका दुई महिलाको शंस्कास्पद मृत्युको घटनालाई लिएर अन्दोलनमा रहेका समूहले काठमाडौंको माइतीघर मण्डलमा अनशन सुरु गरेका छन्।सरकारले बनाएको छानबिन समितिले उचित छानबिन नगरेको भन्दै आन्दोलनरत समूहका १४ जनाले बिहीबारदेखि माइतीघरमा अनशन सुरु गरेका हुन्।गत कार्तिक २ गते सरकारले बाँकेका दुई महिलाहरू नकुन्नी धोबी र निर्मला कुर्मीको शंकास्पद मृत्युबारे छानबिनका लागि समिति बनाइएको थियो।गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा ६ जनाको छानबिन समिति बनाइएको थियो। उक्त समितिले मृत्यु भएकी भनिएकी एक महिला निर्मला कुर्मीको साढे चार विद्या जग्गा हडपिएको निकर्ष निकालेको थियो।उक्त घटनामा उचित छानबिन नभएको भन्दै न्यायका लागि आन्दोलनरत समूहले अनसन सुरु गरेका छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments