Incident Reports

विद्यार्थीद्वारा अदालत परिसरमा प्रदर्शन | Nagarik News - Nepal Republic Media

2021-11-25

ठगलाई उन्मुक्ति नदिन चेतावनीसहित नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण दुवाकोट भक्तपुरका विद्यार्थीले बिहीबार जिल्ला अदालत भक्तपुर अगाडि प्रदर्शन गरेका छन्। कलेजका तत्कालीन अध्यक्ष लम्वोदर न्यौपानेले कलेजविरुद्ध ठगी गरेको र उनलाई नबचाउन चेतावनीसहित विद्यार्थी स्वतस्फुर्त आई विद्यार्थीले अदालत गेट अगाडि दिनभर धर्ना बसेका हुन्।

तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकलाई प्रभावमा पारी कलेज निजीकरण गर्न ७८ लाख रूपैयाँ घुस दिएको आरोपमा लम्वोदर त्यति नै रकम धरौटी तिरेर त्यो बेला जमानतमा रिहा भएका थिए।

झण्डै तीन सयको संख्यामा आएका विद्यार्थीले अदालत गेट अगाडि विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजीसमेत गरेका थिए। विहान ११ बजेबाट धर्ना सुरु गरेका उनीहरु साँझसम्म पनि धर्नामै थिए। ठगलाई उन्मुक्ति नदिई कारबाही गर्न माग गरी उनीहरु धर्नामा बसेका थिए। धर्नामा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायतका ठूला तथा साना राजनीतिक दल निकटका विद्यार्थी संगठनका नेताहरु, स्थानीयवासी तथा कलेजका शुभचिन्तकहरुसमेत सहभागी थिए।

कलेजका तत्कालीन अध्यक्ष लम्वोदर न्यौपानेले मुनाफारहित कलेजलाई नाफामूलक कलेज बनाउने बद्नियत गरी कलेजको सम्पत्ति आफ्नो एकल नाममा पार्ने दूश्प्रयास गरेको र अधिकार क्षेत्र मिचेर कलेजको सम्पत्ति ठगी गरेको आरोपमा बिहीबार जिल्ला अदालत भक्तपुरमा परेको मुद्दाको सुनुवाई भएको थियो। केन्द्रीय अनुसन्धान व्युरो (सीआईवी)ले दायर गरेको सरकारवादी मुद्दामा त्यहाँ बहस भएको थियो।

अदालतको समेत मिलेमतोमा ठगलाई उन्मुक्ति दिने षड्यन्त्र नहोस् भनी सचेत पार्न विद्यार्थी स्वतस्फुर्त रुपमा अदालत परिसरमा आई धर्नामा बसेका थिए। बिहीबारको सुनुवाई हेर्दाहेर्दैमा पुगेर टुंगिएको छ। मुद्दामा आइतबार पुनः बहस हुने जनाइएको छ।

मुनाफारहित संस्थाको रुपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता गरी चलेको कलेजका कागजपत्रहरु जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट समेत लुकाई गायव गरी निजी गर्ने प्रयास भइरहेको जनाइएको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता गरिएको कागजपत्रहरु प्रशासनबाट गायव गरे पनि दर्ताको सक्कली प्रमाणपत्र कलेजसँग सुरक्षित रहेको कलेजका प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठ बताउँछन्।

     सम्पादकत्वमा) काठमाडौँ, विराटनगर, नेपालगञ्ज, पोखरा र बुटवलबाट एक साथ प्रकाशन गर्दै आएको छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments