Incident Reports

थाहा खबर: भीमदत्तका बाल विकासका शिक्षक कर्मचारी आन्दोलित

2021-11-27

कञ्चनपुर : सरकारले वृद्धि गरेको तलबसहितको सुविधाको माग गर्दै भीमदत्तनगर पालिकामा कार्यरत बाल विकासका शिक्षक र विद्यालय कर्मचारीले आन्दोलन शुरु गरेका छन्।

नगरपालिका कार्यालयमा धर्ना, विरोध र्‍यालीलगायत कार्यक्रम आयोजना गरी नगरपालिकालाई बढाइएको तलब उपलब्ध गराउन माग गर्दै आएका छन्।

संघीय सरकारले बढाएको तलब उपलब्ध गराउन पटक पटक नगरपालिका कार्यालयलाई जानकारी गराउँदा समेत सुनुवाइ नभएपछि आन्दोलन लगायतका कार्यक्रममा संलग्न हुनुपरेको विद्यालयमा कार्यरत कर्मचारी महानन्द पाण्डेले बताए।

‘यसअघि नगरपालिकालाई ज्ञापनपत्र र विरोधका कार्यक्रम गरी दबाब दिए पनि माग सुनुवाइ भएन’, उनले भने, ‘विद्यालय बन्द गरेर आन्दोलित हुन बाध्य भएका छौँ।’

विद्यालय कर्मचारी र बाल विकासका कर्मचारीको आन्दोलनका कारण नगरका विद्यालयको पठनपाठन र नगरपालिकाको कामकाजमा समेत प्रभाव परेको छ।

तत्कालीन सरकारले चालु आव २०७८/०७९ बाल विकासका शिक्षक, विद्यालय कार्यालय सहयोगीको मासिक तलब १५ हजार र लेखातर्फका कर्मचारीको तलब मासिक २० हजार २०० पुर्‍याउने घोषणा गरेको थियो।

त्यसका लागि ६० प्रतिशत रकम संघीय सरकारले र बाँकी ४० प्रतिशत रकम स्थानीय तहले थप्नुपर्ने प्रावधान राखेको थियो। त्यसका लागि स्थानीय तहमा पत्राचार समेत गरेको थियो।

सरकाले तलब बढाउने घोषणा गर्दा समेत नगरपालिकाले तलब नबढाएको भन्दै शिक्षक कर्मचारी आन्दोलनमा उत्रिनु परेको बताएका छन्।

आन्दोलनमा उत्रिएका शिक्षक कर्मचारीले भीमदत्त नगरपालिकाको नगर शिक्षा शाखामा तालाबन्दी गर्दै धर्ना तथा विरोध गरिरहेका छन्। तालाबन्दीपछि भीमदत्त नगर शिक्षा शाखाको कामकाज ठप्प भएको छ।

बाल विकासका शिक्षक, विद्यालय सहयोगी कर्मचारी र लेखातर्फबाट कर्मचारीको पारिश्रमिकको माग अघि सारेर गरेको आन्दोलनमा सात शिक्षक संघ संगठनले समेत ऐक्यबद्धता जाहेर गरेका छन्। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments