Incident Reports

चीनबाट एमबीबीएस सकाएका विद्यार्थीको मेडिकल काउन्सिलमा धर्ना

2021-12-01

Bagmati, Kathmandu, Budhanilakantha

काठमाडौं : चीनमा गएर सन् २०१५ र १०१६ मा एमबीबीएस पूरा गरेका विद्यार्थीहरुले नेपाल मेडिकल काउन्सिल परिसरमा धर्ना दिएका छन्। कोरोना महामारी बिच अनलाइन माध्यमबाट पूरा भएको सैद्धान्तिक पढाई मान्य हुनुपर्ने र नेपालमै इन्टर्नशीप गर्ने अवसर दिनुपर्ने माग राखेर धर्नामा उत्रिएका हुन्।कोरोना महामारी बिच नेपाल फर्केका विद्यार्थीहरुको अनलाइन माध्यमबाट सैद्धान्तिक पढाई पूरा भएको थियो। तर नेपाल मेडिकल काउन्सिलले अनलाइन क्लासको पढाई मान्य नहुने भनेपछि उनीहरु आन्दोलित भएका हुन्।विश्वभर नै अनलाइन कक्षालाई मान्यता दिइएको अवस्थामा मेडिकल काउन्सिलले विद्यार्थीहरुको भविष्य नै खेलवाड गर्ने निर्णय गर्न नपाउने उनीहरुको तर्क छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments