Incident Reports

अधिकारी घटनाको जाहेरी प्रहरीले दर्ता गरेन l

2014-08-12

Bagmati, Dhading, Tripura Sundari

Bibek Dhungana प्रहरीको गोली लागेर मारिएका धादिङ जिल्ला त्रिपुरेश्वर गाविस-६ का २८ वर्षीय दिनेश अधिकरी घटनाको छानविन गर्न माग गर्दै मृतकका आफन्तले दिएको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । उजुरी दिन साउन २७ गते महानगरीय प्रहरी परिसर हनुमानढोका पुगेका मृतकका आफन्तलाई जाहेरी दर्ता नै नगरी फकाई दिएको छ । परिसरले उजुरी लिएर रानीपोखरीसँगै रहेको प्रहरी आयुक्तको कार्यालयमा जानु भन्दै फर्काइ दिएको मृतकका दाजु धुव्र अधिकारीले इन्सेक जिल्ला प्रतिनिधिलाई बताए । "हामीलाई गेटबाट भित्र छिर्नै दिइएनन्, बाहिरैबाट टेलिफोनमा परिसरका डीएसपी रमेशकुमार बस्नेतसँग कुराकानी भयो, उनले उल्टै खिल्ली उडाए र रानीपोखरी जाउ भन्दै फर्काइ दिए"-मृतकका दाजु अधिकारीले भने । "माथिको आदेश छ उजुरी दर्ता गर्न मिल्दैन" भन्दै आयुक्तको कार्यालयबाट पनि फर्काएको मृतकका दाजु अधिकारीले बताए । यसैगरी मृतकका आफन्तहरू उजुरी लिएर आजै जिल्ला प्रशासन कार्यालय पुगेका थिए । आफन्तहरूले अधिकारी घटनाको सत्यतथ्य छानविनका लागि उजुरी दर्ता गरिदिन गरेको आग्रहलाई अस्वीकार गर्दै प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमले यहाँ दर्ता गर्न नमिल्ने भन्दै त्यहाँबाट पनि फर्काइ दिएका छन् । प्रमुख जिल्ला अधिकारी गौतमले उजुरी दर्ताको विषयमा राम्रोसँग कुराकानी गर्नै नचाहेको मृतकका आफन्तले आरोप लगाएका छन् । अधिकारी साउन २१ गते भिमढुङ्गामा प्रहरीसँगको मुठभेडमा मारिएको प्रहरीले दावी गर्दै आएको छ भने पीडित पक्षले उनलाई नियन्त्रणमा लिई हत्या गरिएको बताउँदै आएको छ । विवेक ढुङ्गाना

0 Comments

Related Reports