Incident Reports

क्याम्पस प्रशासन र व्यवस्थापन कक्षमा तोडफोड – इन्सेक

2021-12-01

महेन्द्र मोरङ क्याम्पस विराटनगरमा वाणिज्यशास्त्र सङ्कायमा अध्यननरत तेस्रो समेष्टरका विद्यार्थीहरुले क्याम्पस प्रशासनसँग कम्प्युटर व्यवस्थापन गरीदिन माग गर्दै मङ्सिर १४ गते क्याम्पस प्रशासन र व्यवस्थापन संकायमा गरेको तालाबन्दीविरूद्ध अर्को पक्षले विरोध जनाउँदै मङ्सिर १५ गते क्याम्पस र व्यवस्थापन कक्षमा तोडफोड गरेको छ । वाणिज्यशास्त्र सङ्काय पहिलो समेष्टरमा अध्ययनरत विद्यार्थीले पठनपाठन प्रभावित भएको आरोपमा मङ्सिर १५ गते क्याम्पस प्रशासनमा बिबिएस तेस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीले लगाएको ताला फुटाइ दिए लगत्तै बाहिरबाट आएका केही व्यक्तिहरुले व्यवस्थापन सङ्कायमा तोडफोड गरेको सहायक क्याम्पस प्रमुख डिल्ली पोखरेलले बताउनु भयो । तोडफोडबाट व्यवस्थापन सङ्कायको कुर्सी, टेबल, झ्याल र ढोकामा क्षति पुगेको सहायक क्याम्पस प्रमुख पोखरेलले बताउनु भयो । बिबिएसमा कम्प्युटर ल्याबको व्यवस्था गरिदिन राखेको माग सम्बोधन नभएपछि उनीहरुकै समर्थनमा तोडफोड गरिएको नाम नखुलाउने शर्तमा एक विद्यार्थीले बताउनु भयो । तोडफोड गर्ने समूह भने क्याम्पसकै विद्यार्थी हुन वा होइनन् भन्ने बारे पुष्टि हुन नसकेको क्याम्पस प्रशासनले जनाएको छ । बिबिएसमा कम्प्युटर बेश फाइनान्सियल एकाउण्टिङ विषयको २४ पूर्णाङ्कको वार्षिक प्रयोगात्मक परीक्षा हुने गरेको छ । सो परीक्षाका लागि कम्प्युटर ल्याबको अनिवार्य चाहिन्छ । तर, बिबिएसका विद्यार्थीहरुलाई उक्त विषय अध्ययनका लागि क्याम्पसले हाल आठ ओटा कम्प्युटर दिएको छ । बिबिएसमा ८८ ओटा सिट रहेकाले कम्तीमा पनि ४५ ओटा कम्प्युटरको व्यवस्था हुनुपर्ने विद्यार्थीहरुको माग छ । प्राध्यापकहरुले समस्या समाधान नहुन्जेल कक्षा नलिने बताएपछि मङ्सिर १५ गते बिबिएसका विद्यार्थीहरुले अन्य सङ्कायमा पनि पठनपाठन हुन दिएनन् ।

क्याम्पस प्रशासनमा लागेको तालाका कारण कर्मचारीहरुले प्रवेश नपाएपछि बिबिएका विद्यार्थीहरुले परीक्षा फारम बुझाउन पाएका छैनन् । परीक्षा फारम बुझाउने समय मङ्सिर १५ गते अन्तिम दिन हो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth unknown
INSEC

0 Comments