Incident Reports

पैसा फिर्ता माग्दै सिभिल सहकारी पीडितद्वारा माइतीघरमा धर्ना [तस्बिरहरू] - अर्थ / वाणिज्य - कान्तिपुर समाचार

2021-12-02

Bagmati, Kathmandu, Kathmandu, Ward 11

काठमाडौँ — पैसा फिर्ता नपाएको भन्दै सिभिल सेभिङ्स एण्ड क्रेडिट को–अपरेटिभ्सका बचतकर्ता काठमाडौंको माइतीघरमा धर्ना बसेका छन् । सहकारीबाट विगत तीन वर्षदेखि पैसा झिक्न नपाएकाले आफूहरुको बचत फिर्ता गर्न र संगठित अपराधीलाई कारवाही गर्न माग गर्दै आन्दोलन सुरु गरेको संघर्ष समितिका संयोजक उज्ज्वल सत्यालले बताए । सहकारीले खुलेआम रुपमा बचतकर्ताको पैसा ठगी गरिरहँदा पनि सरकार र मातहतका निकाय मौन रहेकाले आन्दोलनमा उत्रिनु परेको उनले बताए । पीडीतहरुले आजै प्ले कार्ड सहित नारा लगाउँदै जिल्ला सहकारी वकिल कार्यालय र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने छन् । त्यसपछि महान्याधिवक्ता र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताइएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other economic issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth unknown
National/Online Media

0 Comments