Incident Reports

शिक्षक–कर्मचारीले गरे नगरपालिकामा तालाबन्दी

2021-12-09

Karnali, Jajarkot, Junichande

उता, जुनीचाँदे गाउँपालिकामा अनुदान शिक्षक र बालविकास शिक्षकले गत साउनदेखि सेवा–सुविधा नपाएको भन्दै प्रेस विज्ञप्ति जारी गर्दै गाउँपालिकामा तालाबन्दी गरेको जनाएका छन् । बालबालिकाको भविष्य निर्माण गर्ने जिम्मेवारी पाएका शिक्षकले गत साउनदेखि तलब नपाएपछि प्रेस विज्ञप्तिमार्फत स्थानीय सकारको ध्यानाकर्षण गराएको अनुदान शिक्षक संघर्ष समितिका अध्यक्ष देवप्रकाश सिंहले बताउनुभयो ।

शिक्षक संघर्ष समितिले सार्वजनिक गरेको प्रेस विज्ञप्तमा अविलम्ब तलबको व्यवस्था गर्नुपर्ने, संघीय सरकारको व्यवस्थाअनुसार तहगतरूपमा तलब निर्धारण गर्नुपर्ने, पोशाक भत्ताको व्यवस्था गर्नुपर्ने, संघीय सरकारको वजेटबमोजिम तहअनुसार तलब वृद्धि गर्नुपर्ने, चौमासिक शिक्षकको तलब भुक्तानी गर्नुपर्ने लगायतका माग राख्दै गाउँपालिकामा ज्ञापनपत्र वुझाएका छन् । माग सम्वोधन नगरे थप आन्दोलनका कार्यक्रम घोषण गर्ने विज्ञाप्तिमा उल्लेख गरिएको छ । संघीय सरकारले गरेको निर्णय कार्यान्वयन नगरे थप आन्दोलन गर्ने शिक्षक संघर्ष समितिले जनाएको छ ।

माध्यमिक विद्यालयका १३, प्राथमिक विद्यालयका ४०, आधारभूत विद्यालयका १० जना, बालविकासका २८ जना शिक्षक र ९ जना कार्यालय सहयोगीले सेवा–सुविधा नपाएको गुनासो गरेका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people Not Available
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people Not Available
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments