Incident Reports

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै शान्ति समाजको प्रदर्शन – Online Khabar

2021-12-10

Bagmati, Kathmandu, Kathmandu, Ward 6

२४ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै मानव अधिकार तथा शान्ति समाजले काठमाडौंमा प्रदर्शन गरेको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा समाजले काठमाडौंको बौद्धस्थित शान्ति स्तुपा अगाडि प्रदर्शन गरेको हो । प्रदर्शनका सहभागीहरुले ‘अनैतिक’ प्रधानन्यायाधीश : शीघ्र राजीनामा देऊ’, ‘प्रधानन्यायाधीशले राजीनामा नदिए महाअभियोग लगाऊ’, ‘वर्तमानको आवश्यकता: न्यायालयको शुद्धीकरण’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । कार्यक्रममा बोल्दै समाजका केन्द्रीय सभापति गोविन्द खनालले प्रधानन्यायाधीश राणाले लोकतन्त्रलाई धरापमा पारेको आरोप लगाए । राणाको न्यायिक आचरणमाथि प्रश्न उठेको र पछिल्लो चरणमा उनी नैतिक रुपमा पनि च्युत भएको भन्दै शीघ्र राजीनामा दिन उनले सुझाए । कार्यक्रममा समाजका पूर्व सभापतिहरु उत्तम पुडासैनी र होमकान्त चौलागाईं, महासचिव रामकृष्ण बराल र काठमाडौं सभापति भगवान पुडासैनीलगायत सहभागी थिए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations HRD
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments