Incident Reports

भुपेन्द्र हत्या प्रकरण : आफन्तद्वारा धनगढीमा धर्ना र प्रदर्शन – देशसञ्चार

2021-12-13

Sudurpashchim, Kailali, Dhangadhi

धनगढी – कैलालीको लम्कीचुहाका युवक भूपेन्द्र बडुवालको हत्यामा संलग्न फरार अभियुक्तलाई पक्राउको माग गर्दै धनगढीमा प्रदर्शन गरिएको छ। उनीहरूले फरार अभियुक्तलाई छिटोभन्दा छिटो पक्राउ गरी कडा कारबाहीको माग गरेका हुन्। हत्यारालाई कारबाही गर्न माग गर्दै कैलाली जिल्ला अदालत अगाडि प्रदर्शन गरिएको छ। बडुवालका आफन्तले अदालतको गेट नै अवरुद्ध हुने गरी प्रदर्शन गरेका हुन्। उनीहरुले ‘हत्याराहरूलाई कारबाही गर, मान्छे मार्न पाइँदैन, न्यायालय बिक्नु हुँदैन’ भन्ने नारासहित प्रदर्शन गरेका थिए। फरार अभियुक्तहरुलाई इन्काउन्टर गर्नसमेत आफन्तले माग गरेका छन्। भूपेन्द्रले न्याय पाउनुपर्ने उनीहरुको माग छ। कात्तिक २३ गते राति टीकापुर नगरपालिका–१ सिद्धार्थ होटेल नजिकै लम्कीका भूपेन्द्र बडुवालको हत्या भएको थियो। हालसम्म बडुवालको हत्या प्रकरणमा पक्राउ परेका ९ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। अन्य ३ जना भने धरौटीमा छुटेका छन् भने हत्या अभियोगी ९ जना फरार छन्। फरार रहेकाहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments