Incident Reports

नमुना विद्यालयमै तालाबन्दी- लुम्बिनी

2021-12-16

Lumbini, Rolpa, Rolpa

रोल्पा — लिवाङस्थित बाल कल्याण माध्यमिक विद्यालयमा अनियमितता भएको आरोप लगाउँदै विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) ले तालाबन्दी गरेको छ । जिल्लामा नमुना विद्यालयका रूपमा रहेको बालकल्याण माविको प्रशासन र लेखा कार्यालयमा गएको आइतबारदेखि तालाबन्दी गरिएको हो । शिक्षा नियमावलीविपरीत विद्यालयले विद्यार्थीबाट रकम लिइरहेको आरोप लगाउँदै उक्त संगठनको नेतृत्वमा अनिश्चितकालीन तालाबन्दी गरिएको हो । उक्त संगठनले ८ बुँदै मागपत्रसमेत बुझाएको छ । संगठनका जिल्ला अध्यक्ष हरिबहादुर वलीले विज्ञप्ति सार्वजनिक गर्दै विद्यार्थीबाट चर्को शुल्क असुलेकाले तालाबन्दी गरिएको बताए ।कक्षा १० का विद्यार्थीबाट महँगो गरी २ हजार ५ सय रुपैयाँ भर्ना शुल्क लिएको, अंग्रेजी र नेपाली माध्यममा पढाउँदा भेदभाव गरिएको, कक्षा १० उत्तीर्ण गरेपछि लब्धांकपत्र दिने बेला विद्यार्थीबाट २ हजार ७ सय ५० रुपैयाँ शुल्क लिई बाधा पारेको, कक्षा १० का विद्यार्थीलाई अनिवार्य होस्टलमा बस्न बाध्य बनाएको, त्यसको शुल्क ५ हजार रुपैयाँ लिएको, कोचिङ कक्षाका नाममा महँगो शुल्क लिएको लगायतका मागबारे विद्यालय प्रशासनसँग छफफल गर्दा पनि नमानेकाले आन्दोलन गर्नुपरेको क्रान्तिकारीले विज्ञप्तिमार्फत जनाएको छ । विद्यालय व्यवस्थापन समितिले भने विद्यालयमा तालाबन्दी गर्नु दुर्भाग्यपूर्ण भएको बताएको छ । समितिका अध्यक्ष महेश न्यौपानेले मंगलबार पत्रकार सम्मेलन गरी आधारहीन आरोप लगाउँदै विद्यालयमा तालाबन्दी गर्नु गैरजिम्मेवारपूर्ण कार्य भएको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments