Incident Reports

जनप्रतिनिधिले नै गरे गाउँपालिका कार्यालयमा तालाबन्दी

2021-12-17

Madhes, Saptari, Tilathi Koiladi

जनप्रतिनिधि भएर पनि स्थानीय तहको सूचना नपाएको घटना अनौठो लाग्न सक्छ । तर सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाकी उपाध्यक्ष सुचिता कुमारी यादवले आफ्नो पालिकाको कार्यालयले गर्ने गरेका विभिन्न निर्णयसहित विकास निर्माणका बारेमा आफूले सूचना पाउन नसकेको भन्दै तालाबन्दी गरेकी छन् । गाउँपालिकाकी उपाध्यक्ष सुचिता कुमारी यादवलगायतले बुधबार प्रशासकीय अधिकृत केशव झाको कार्यक्षमा तालबन्दी गरेका हुन् । तालाबन्दी गरेसँगै उपाध्यक्ष यादवले गाउँपालिकाको कार्यालय परिसरमा धर्ना दिँदै आएकी छिन् ।  आर्थिक वर्ष २०७८÷०८९ को राजश्व परामर्श समितिको बैठकबाट भएको निर्णयको प्रतिलिपी, स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको निर्णयको प्रतिलिपी, बजेट तथा कार्यक्रम योजना तर्जुमा समितिको बैठकबाट भएको निर्णयको प्रतिलिपी, गाउँपालिकाबाट वडाहरुमा पठाएको बजेट सिलिङको पत्र र वडाहरुबाट प्राप्त भएको बजेट सिलिङको प्रतिलिपी, आर्थिक वर्ष २०७८÷०७९ को गाउँसभाको निर्णय सहितको प्रमाणित प्रतिलिपीलगायतका सूचना माग गर्दै प्रशाकीय अधिकृत झालाई उपाध्यक्ष यादवले निवेदन दिएकी थिइन् । तर गाउँपलिकाका अध्यक्ष सतिश सिंह र प्रशासकीय अधिकृत झाले समेत आफ्नो लिखित मागलाई बेवास्ता गरेको उनको आरोप छ । सूचना उपलब्ध नगराएपछि बाध्यतावस् गाउँपालिकाको कार्यपालिकाका सदस्यहरुसहितकाले तालाबन्दी गर्नु परेको उपाध्यक्ष यादवको भनाइ छ । उनले सूचना उपलब्ध नभएसम्म धर्ना र तालाबन्दी जारी रहने जनाइन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments