Incident Reports

जोरबिजोर प्रणाली लगाएपछि कैलालीका अटोरिक्सा चालक आन्दोलित

2021-12-19

कैलालीमा अटोरिक्सा चालकहरु आन्दोलित भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जोरबिजोर प्रणाली लगाएको विरोधमा अटोरिक्सा चालक आन्दोलित भएका हुन् । रिक्सा चालकहरुले जोरबिजोर प्रणाली खारेजीको माग राख्दै आइतबार धनगढी उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । ठेला व्यवसायी तथा श्रमिक संघका जिल्ला अध्यक्ष लालबहादुर कामीले जोरबिजोर प्रणालीका कारण मजदुर मर्कामा पर्ने बताए । रिक्सा चालकलाई लाईसेन्स सिस्टमको व्यवस्था गरी व्यवस्थित रुपमा संचालन गर्नुको साटो जोरबिजोर लगाएर मजदुरको पेटमाथि लात हानिएको उनको भनाइ छ । यो व्यवस्था खारेज नहुँदासम्म अनिश्चितकालीन आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनले जानकारी दिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले पुस १ गतेदेखि अटोरिक्साका लागि जोरबिजोर प्रणाली लागू गरेको हो । नगर क्षेत्रमा भिडभाड बढेको र दुर्घटनाको जोखिम भएको भन्दै उपमहानगरले जोरबिजोर प्रणाली लागू गरेको भए पनि मजदुरहरुले आफूलाई मर्कापर्ने भन्दै विरोध जनाएका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people Not Available
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth na
Actor 2 - Number of people Not Available
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments