Incident Reports

काठमाडौं मेडिकल कलेजमा विद्यार्थीद्वारा तालाबन्दी

2021-12-20

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं मेडिकल कलेज (केएमसी) ले अतिरिक्त शुल्क माग्दा विद्याथी आन्दोलित भएका छन् । केएमसीले करिब २० लाख रुपैँया अतिरिक्त शुल्क मागेपछि एमबीवीएस भर्ना भएका विद्यार्थीले आन्दोलितसँगै तालान्दी गरेको हुन् । भर्ना गरेर अध्ययनका लागि कलेज पुगेपछि विद्यार्थीसँग चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क मागिएको भन्दै सोमबार विद्यार्थीहरुले कलेजमा तालाबन्दी गरेका हुन् । विद्यार्थी आन्दोलित भएपछि कक्षा समेत सुरु हुन सकेको छैन । यस्तै विद्यार्थीले केएमसी कलेजले अतिरिक्त शुल्क असुलेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा समेत उजुरी दिएको विद्यार्थी सुरज दासले बताए ।एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगले काठमाडौं उपत्यकामा ४० लाख २३ हजार र उपत्यका बाहिर ४४ लाख ३६ हजर २५ रुपैँया निर्धारण गरेको छ । यद्यपि केएमसी कलेजले भने पहिले किस्ता रकम बुझाएपछि विभिन्न शीर्षकमा ६० लाख रुपैयाँ बुझाउन विद्यार्थीलाई ताकेता गर्दै आएको अध्ययनरत एक विद्यार्थीले बताए । आयोगले तोकेको बाहेक अन्य शुल्क अस्पतालले प्रतिवद्धता जनाएसम्म आन्दोलनलाई फिर्ता नलिने एक छात्राले बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other economic issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments