Incident Reports

उपप्राध्यापक पदमा विज्ञापन आह्वानपछि राजर्षि जनक विश्वविद्यालयको सेवा आयोगमा तालाबन्दी

2021-12-20

Madhes, Dhanusha, Janakpur

जनकपुरधाम – राजर्षि जनक विश्वविद्यालयको सेवा आयोगमा तालाबन्दी गरिएको छ। विश्वविद्यालयले उपप्राध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान गरेपछि करार शिक्षकहरुले सोमबार सेवा आयोगका अध्यक्ष प्रा डा शैलेन्द्र लाभको कार्यकक्ष, सदस्य र लेखाशाखामा तालाबन्दी गरेका हुन्।

पेपर कोर्स कन्ट्रक्ट संघका सभापति दिलीप यादवले आफूहरु स्थापना कालदेखि नै विश्वविद्यालयमा काम गर्दै आएको र कतिपय शिक्षकहरुको उमेरसमेत पार भइसकेकोमा त्यसलाई ख्याल नगरी सेवा आयोगले विज्ञापन आह्वान गरेको गुनासो गरे।

यादवले पछिल्लो ६ महिनादेखि विभिन्न माग राख्दै आफूहरु आन्दोलनमा रहेको बताए। ‘हामी स्थापनाकालदेखि नै कार्यरत छौं। कैयौँ साथीको उम्मेर समेत पार भइसकेको छ। सेवा आयोगले त्यसको कुनै ख्याल गरेन’, उनले भने, ‘हामीले यहाँ काम गरेवापत अनुभव प्राप्त गरेकोमा त्यसको कुनै मार्क नराखेपछि बाध्य भएर तालाबन्दी गरेका छौं।

रजिष्ट्रार, भीसी, सेवा आयोगका अध्यक्ष, सदस्यहरुलाई जानकारी गराउँदा आश्वासन दिए पनि विश्वविद्यालयले एक्कासी विज्ञापन आह्वान गरेको र त्यसमा उमेर, अनुभवलाई ग्राह्यता नदिएपछि तालाबन्दी गरेको शिक्षक यादवले बताए।

यादवले केन्द्रीय कार्यालयमा उपप्राध्यापकको दरबन्दी रहेकोमा आफ्नो नजिकका ५ जनाको दरबन्दी राखेर २१ वटामा मात्र विज्ञापन आह्वान गरेको आरोप लगाए।

विश्वविद्यालयमा अध्यापन नभएको विषयको समेत विज्ञापन निकालिएको अध्यक्ष यादवले जानकारी दिए। विश्वविद्यालयमा अहिले भूगोल विषयको पढाइ नभए पनि त्यसका लागि दरखास्त आह्वान गरिएको छ। तर पढाइ भइरहेका विषयहरुको विज्ञापन ननिकालिएको करार शिक्षकहरुको आरोप छ।

राजर्षि विश्वविद्यालयले सोमबार उपप्राध्यापक पदमा २१ वटा सिटका लागि विज्ञापन आह्वान गरेको छ। विश्वविद्यालयले जनस्वास्थ्य, कानुन, कम्प्युटर एप्लिकेसन, अंग्रेजी, अर्थशास्त्र, तथ्यांकशास्त्र, गणित, व्यवस्थापन, कम्प्युटर इन्जिनियरिङ, भूगोल, हेमाटोलोजीलगायतको विषयका उपप्राध्यापक पदका लागि विज्ञापन आह्वान गरेको छ।

विश्वविद्यालयले कर्मचारी भर्नाका लागि प्राविधिक अधिकृतदेखि ल्याब ब्वाईसम्मका लागि १३ वटा दरबन्दीमा विज्ञापन आह्वान गरेको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people Not Available
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people Not Available
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments