Incident Reports

काठमाडौं मोडल कलेजको होस्टलमा एक विद्यार्थीको मृत्यु, विद्यार्थीहरु आन्दोलित

2021-12-21

Bagmati, Kathmandu, Kathmandu, Ward 9

काठमाडौं । काठमाडौंको बागबजारस्थित काठमाडौं मोडल कलेजको होस्टलमा बस्ने एक विद्यार्थीको मृत्यु भएको छ । रौतहटको गढीमाई नगरपालिकाका १८ वर्षीय सुशील सहनी मोडल कलेजको बाथरुममा ग्यास गिजरमा नुहाउने क्रममा बेहोस् भएका थिए । उनको उपचारको क्रममा अस्पताल लगिएपनि मृत्यु भएको प्रहरीले जनाएको छ । कलेजको लापरबाहीको कारण सनहीको मृत्यु भएको भन्दै विद्यार्थीहरुले मंगलबार प्रदर्शन गरेका थिए । उनीहरुले कलेजको कमजोर व्यवस्थापनका बारेमा पटक–पटक जानकारी गराउदा पनि सुनुवाई नभएकाले घटना घटेको बताएका छन् । सहनी कक्षा १२ मा अध्ययनरत थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments