Incident Reports

हत्याको विरोधमा प्रदर्शन

2021-12-21

टीकापुर — कैलालीको जानकी गाउँपालिका–९ अमरावतीका करिब २५ वर्षीय अर्जुन दासको हत्याविरुद्ध इलाका प्रहरी कार्यालय टीकापुर अगाडि मंगलबार प्रदर्शन भएको छ । मृतकका आफन्तले इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । दासको शव रुखमा बाँधेर टाउको काटिएको अवस्थामा शनिबार अमरावती सामुदायिक वनमा फेला परेको थियो । शुक्रबार करिब ५ बजेतिर उनी घरबाट निस्केका थिए । जंगलमा घाँस काट्न गएकाहरूले उनको शव देखेपछि प्रहरीले जानकारी पाएको थियो । प्रदर्शनकारीले प्रहरी कार्यालय अगाडि हत्यारालाई सार्वजनिक गर्न र शान्ति सुरक्षाको ग्यारेन्टी गर्न माग राख्दै नाराबाजी गरेका थिए । दासको हत्या भएपछि स्थानीयले ललित परियारको संयोजकत्वमा संघर्ष समिति बनाएका छन् । घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले कमल साउदलाई आइतबार नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पनि जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people Not Available
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people Not Available
Actor 2 - Affiliation (Target) Police Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments