Incident Reports

रोजगार कार्यक्रममा वडाअध्यक्षको हालीमुहाली, स्थानीयले लगाइदिए ताला

2021-12-24

दैलेखमा एक स्थानीय जनप्रतिनिधिले प्रधानमन्त्री रोजगार कार्यक्रममा आफु पक्षका मान्छेहरूलाई मात्र समेटेको भन्दै स्थानीय युवाहरुले वडा कार्यालयका तालाबन्दी गरिदिएका छन् । चामुण्डा बिन्द्रासैनी नगरपालिका–१ मा प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ३६ जनालाई सिफारिस गरिएको छ । ति मध्ये अधिकांश वडा रङ्गबहादुर तामाङमा मान्छेहरु मात्रै समावेश भएको भन्दै स्थानीय युवाहरुले विरोध जनाएका हुन् । तामाङ नेकपा (एमाले) बाट निर्वाचित वडा अध्यक्ष हुन् । उनले राजनीतिक आस्थाको आधारमा रोजगार कार्यक्रमका लागि व्यक्ति छनोट गरेको आरोप छ । स्थानीय पवन तामाङको नेतृत्वमा युवाहरुको समूहले बुधबार वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । पवन भन्छन्– ‘वेरोजगार युवाहरु कोही एकै पटक पनि समावेश हुन पाएका छैनन् । तर वडा अध्यक्षको रोहबरमा कोही पटक–पटक दोहोरीएका छन् । गाउँघरमा आएका कार्यक्रमहरूमाथि पनि वडाअध्यक्षले राजनीति गर्नु कत्तिको न्यायोचित हो ?’ उनले वडाअध्यक्षले आफ्ना नजिकका कार्यकर्ता, छोरी, नातेदारलाई ,कार्यक्रममा समेटेको तर गरिब, विपन्नहरुलाई वे–वास्था गरेपछि बाध्य भएर तालाबन्दी गरेको बताए । पवनका अनुसार रोजगार कार्यक्रम अन्तर्गत वडा कार्यालयदेखि भिरमान्म सडक निर्माण र कोलडाँडा–ध्याप सडक निर्माण योजना छनोट गरिएको छ । जसमा १८/१८ जनामा विभाजन गरिएको छ । जसमध्ये भिरमान्म सडक अन्तर्गत विवाद भइरहेको छ । यस बिषयमा वडा कार्यालयले सर्वदलीय बैठकले निर्णय गर्ने बताइए पनि बिहीबार बैठक नै बस्न सकेन । वडा सचिव भूपेन्द्र शाहीले सर्वदलीय बैठक बसेर समस्याको समाधान गर्ने गरी छलफल भइरहेको बताए । वडाअध्यक्ष रङ्गबहादुर तामाङ भने राजनीतिक आस्थाका आधारमा तालाबन्दी गर्ने काम भएको बताउँछन् । उनी भन्छन्– ‘३ सय ५९ जनाको लिस्टमध्ये जम्मा १८ जना छान्नुपर्ने थियो । हामीले सबै युवाहरुलाई समेटेर कार्यक्रम अघि बढाएका थियौं । तर केही युवाहरुले सीमित स्वार्थको आधारमा तालाबन्दी गरे ।’ 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments