Incident Reports

भूपेन्द्र र अर्जुनको हत्या विरोधमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

2021-12-24

Sudurpashchim, Kailali, Lamkichuha

धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका-१ का भूपेन्द्र बडुवाल र जानकी गाउँपालिका-९ का अर्जुन दास हत्याको विरोधमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ ।न्यायको माग गर्दै स्थानीय बासिन्दाले संयुक्त रुपमा विरोध प्रर्दशनसहित शुक्रबार कैलालीको लम्कीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका हुन् ।

गत शनिबार बिहान जानकी गाउँपालिका-९ को अमरावती सामुदायिक वनमा विभत्स हत्या गरेको अवस्थामा फेला परेका दास हत्या प्रकरणको विरोधमा ८ बुुँदे मागसहित स्थानीय लगातार आन्दोलनमा छन् ।त्यस्तै, कात्तिक २३ मा टीकापुरमा धारिलो हतियार प्रहार गरी हत्या गरिएका बडुुवालका आफन्त पनि अदालतले तीनजना आरोपीलाई धरौटीमा छाडेको भन्दै विरोधमा छन् । बडुवाल हत्या प्रकरणमा फरार मुख्य योजनाकार भनिएका नवीन रावलसहित नौ अभियुक्तलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन । उनीहरूको खोजी जारी राखिएको प्रहरीले जनाएको छ।

दास हत्यामा संलग्न भएको आरोपमा एकजना पक्राउ परे पनि अन्य अभियुक्त फरार छन् । उनीहरूको पहिचान भइसकेकाले खोजी जारी राखिएको कैलाली प्रहरी बताउँछन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Primary Form Road block
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments