Incident Reports

जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच सिरहामा झडप

2021-12-26

Madhes, Siraha, Golbazar

Madhes, Siraha, Mirchaiya

सिरहा — सिरहाको मिर्चैया र गोलबजारमा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । कार्यकर्ता पक्राउको विरोधमा गरिएको आमहड्ताल उल्लंघन गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताहरुले सवारी साधन तोडफोड गर्न थालेपछि प्रहरीसँग झडप भएको हो ।

प्रहरीले राजमार्ग खुलाउन खोजेपछि बन्दकर्ता झडप भएको थियो । बन्दकर्ताहरुले लाठी बोकेर जुलुस प्रदर्शन गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले मिर्चैयामा आठ सेल आश्रुग्यास प्रहार गरेको थियो । 

बन्दकर्ताहरूले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार र मिर्चैयामा उनीहरुले आइतबार पाँच वटा सवारी साधन तोडफोड गरेको प्रहरीले जनाएको छ ।

औरही गाउँपालिकाले दिएको उजुरीको आधारमा प्रहरीले किसानलाई पक्राउ गरेको भन्दै जनमत पार्टीले आइतबार सिरहा जिल्लामा आमहड्ताल गरेको छ ।

गाउँपालिकाले किसानलाई नै वितरण गर्न गहुँ बीउ गोदाममा राखेको थियो । तर, गाउँपालिकाले समयमा बीउ वितरण नगरेपछि किसानहरुले गोदामबाटै पुस ६ गते बीउ लुटेर लगेका थिए ।

गोदामबाटै बीउ लुटिएपछि गाउँपालिकाले औरही गाउँपालिका–३ का मिथिलेश यादव, तेज नारायण यादव, रामनाथ यादव र वडा नम्बर ५का सुप्रविण यादवमाथि सरकारी सम्पत्ति हिनामिना, लुटपाट सम्बन्धी अभद्र अवज्ञा मुद्दा जिल्ला प्रहरी कार्यालय सिरहामा दर्ता गराएको थियो । तीमध्ये प्रहरीले मिथिलेश यादवलाई पक्राउ गरेको थियो ।

प्रहरीमा चार जनामाथि राजनीतिक प्रतिशोध साँध्‍न मुद्दा दर्ता गराएर फसाउन खोजेको र एक किसानलाई पक्राउ गरेको भन्दै जनमत पार्टीले सिरहा जिल्ला बन्दको घोषणा गरेको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people Not Available
Actor 1 - Affiliations Janamat Party
Actor 1 - Youth unknown
Actor 2 - Number of people Not Available
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments