Incident Reports

पर्सामा मल माग्‍दै पिछडावर्ग महासंघको प्रदर्शन

2021-12-26

Madhes, Parsa, Birgunj

११ पुस, वीरगञ्ज। अखिल नेपाल पिछडावर्ग (ओविसी) महासंघ पर्साले जिल्ला प्रशासन कार्यालय पर्सा अगाडी प्रदर्शन गरेको छ । किसानलाई रासायनिक मलको व्यवस्था गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि अगाडी प्रदर्शन गरेको हो । खेतमा गहुँ छरेका किसानलाई अहिले रासायनिक मलको आवश्यकता छ । तर किसानले मल सहजै पाईरहेका छैनन् । सरकारले किसानलाई समयमै मल उपलब्ध गराउन नसकेकोले दवाव दिन प्रदर्शन गरिएको महासंघले जनाएको छ । प्रदर्शनमा सहभागी महासंघमा आवद्ध युवाहरुले किसानको माग पुरा गर, मल खादको व्यवस्था छिटो गर, किसान मार्न पाईदैन लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।
किसानलाई सहजै मल उपलब्ध गराउन माग गर्दै ओबीसी पर्साले मंसिर २० गते जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाएको थियो। ज्ञापनपत्रमा किसानलाई आवश्यक परेको मल खाद उपलब्ध नहुँदा किसानहरु मारमा परेको उल्लेख थियो। किसानको समस्या समाधान नभए महासंघ पर्साले आन्दोलन गर्ने चेतावनी दिएको थियो । किसानको समस्या यथावत रहेकोले प्रदर्शन गरिएको अकलेश साहले जनकारी दिए । ‘ किसानलाई गहुँ र मकैमा छर्न रासायनिक मल आवश्यक छ ।’ उनले भने ‘ तर अनुदानको मल सहजै पाईरहेको छैन । त्यसैले प्रदर्शनमा उत्रिन बाध्य भएका हौं ।’
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Dalit Organizations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments