Incident Reports

विकासमा बाधा पुर्‍याएको भन्दै स्थानीयले गरे इप्रका घेराउ

2021-12-27

Madhes, Rautahat, Dewahhi Gonahi

विकासको काममा प्रहरीले बाधा उत्पन्न गरेको भन्दै स्थानीयवासीले रौतहटको एउटा इलाका प्रहरी कार्यालयलाई घेराउ गरेका छन्। रौतहटको देवाही गोनाही नगरपालिकाको गोनाही बजारमा रहेको इलाका प्रहरी कार्यालयलाई देवाही गोनाही तथा मौलापुर नगरपालिकाका स्थानीयवासीले सोमबार घेराउ गरेका छन्।

देवाही गोनाही नगरपालिकाकी उपमेयर परनियादेवी पटेलको नेतृत्वमा रहेको स्थानीयवासीको समूहले इप्रका घेराउ गर्दै प्रहरी निरीक्षक राजन लम्सालविरुद्ध चर्को नाराबाजी गरेका छन्। विकासको काममा प्रहरीले बाधा अवरोध उत्पन्न गरेको भन्दै प्रहरीविरुद्ध स्थानीयले आन्दोलन गरेका हुन्।

मौलापुर नगरपालिकाले ७५ बिघा जमिनलाई ल्यान्ड पुलिङ गरेर व्यवस्थित सहरीकरणको पूर्वाधार निर्माण गर्न खोजेको छ। सोही जमिनमा पूर्वाधार निर्माण तथा खाल्डाखुल्डी पुर्नको लागि देवाहीगोनाही र मौलापुर नगरपालिकाको बीचमा रहेको बकैया नदीबाट माटो लैजाने काम भइरहेको समयमा प्रहरीले हस्तक्षेप गरेको थियो।

प्रहरीले सोमवार बिहान दुई जेसिबी तथा चार ट्रयाक्टर नियन्त्रणमा लिएर माटो खन्ने काममा रोक लगाएपछि प्रहरीविरुद्ध स्थानीय आन्दोलित भएका हुन्। जिल्लाको सबै खोलाको अवैध दोहन हुने र जथाभावी गिटी, बालुवा, ढुंगाको ढुवानी वर्षभरि दिनरात अवैध किसिमले हुँदा पनि प्रहरीले नरोक्ने तर विकासको काममा पुलभन्दा करिब एक किलोमिटर टाढाबाट माटो उत्खनन गर्दा प्रहरीले हस्तक्षेप गरेको कारण आन्दोलनमा उत्रिनु परेको उपमेयर परनियादेवी पटेलको भनाइ छ।

इप्रकालाई घेराउ गरी तनावको अवस्था सिर्जना भएको विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि विनोद घिमिरेसित सम्पर्क गर्दा जिल्ला समन्वय समिति रौतहटले अवैध रुपमा खोला उत्खनन भएको भनी गुनासो आएको र प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीको निर्देशन आएपछि प्रहरीले उत्खनन कार्यमा रोक लगाएको जानकारी गराएका छन्।

मौलापुर नगरपालिका प्रभु साहको गाउँ भएको र देशमा नै पहिलोपटक ल्यान्ड पुलिङ गरी पूर्ण व्यवस्थित सहरीकरणको पूर्वाधार निर्माण गर्न खोज्दा विकासका विरोधीहरु आत्तिएर गैरकानुनी तरिकाले अवरोध गर्न खोजेको मौलापुरका एमाले नेता नागेन्द्र साहको भनाइ छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people Not Available
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people Not Available
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments