Incident Reports

तटबन्धनको माग गर्दै वडा कार्यालयमा तालाबन्दी

2021-12-28

Sudurpashchim, Bajhang, Durgathali, Ward 2

बझाङ : बझाङको दुर्गाथली गाउँपालिकामा गाउँ जोगाउन तटबन्धन माग गर्दै स्थानीय बासिन्दाले वडा कार्यालयमा ताला लगाएका छन्। दुर्गाथली गाउँपालिका–२ को दाणिमपाटा र दमाई गाउँका बासिन्दाले सडक कटान गरेर गाउँ जोखिममा भए पनि तटबन्धनका लागि कसैले चासो नदिएको भन्दै ताला लगाएको बताए। गाउँपालिकाले आर्थिक वर्ष ०७४/०७५ सालमा दाणिम पाटा र दमाई गाउँका लागि सडक कटान गर्न ४ लाख बजेट छुट्याएको थियो।

चाखाका बासिन्दाले जग्गा नदिएपछि चौधारीबाट दाणिमपाटा गाउँमा सडक कटान गरिएको र सडक कटानले गर्दा गाउँ जोखिममा परेको स्थानीय विनोद सार्कीले बताए। गाउँ जोखिममा परेको भन्दै वेलावेला वडाध्यक्षको ध्यानाकर्षण गराएको र वडाध्यक्षले कुनै चासो नदिएपछि आफूहरू ताला लगाउन बाध्य भएको सिद्ध सार्कीले दाबी गरे। सुदूरपश्चिम प्रदेश सरकारले दमाई गाउँ पहिरो नियन्त्रणका लागि १० लाख रकम छुट्याए पनि टाठाबाठाले गाउँलेलाई जानकारी नदिई समिति गठन गरी सम्झौता गरेको स्थानीयले गुनासो गरेका छन्। आफ्ना गुनासो सम्बोधन गराउन भए पनि वडा कार्यालयमा लगाएको ताला प्रहरी परिचालन गरी काटिएको समेत स्थानीयले बताएका छन्। दुर्गाथली गाउँपालिका–२ का वडाध्यक्ष दीपक सोतीले वडा कार्यालयमा कुनै पनि निवेदन नदिएको र आफूलाई कुनै जानकारीविना नै ताला लगाएकाले ताला काट्नुपरेको बताए। दाणिमपाटा र दमाई गाउँमा कुनै जोखिम नरहेको र प्रदेश सरकारले छुट्याएको बजेटबाट दमाई गाउँ तटबन्धन कार्य सुचारु हुने क्रममा रहेको समेत वडाध्यक्ष सोतीको भनाइ छ। स्थानीयले कुनै गुनासो नगरेको र सीमित मान्छेले स्वार्थका लागि यस्तो हर्कत देखाएको वडाध्यक्ष सोतीले बताए। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments