Incident Reports

सिके राउतको पार्टीको काठमाडौंमा प्रदर्शन

2022-01-05

प्रदेश २ मा पछिल्ला केही दिनयता किसानका माग राखेर प्रदर्शन गर्दै आएको सिके राउत नेतृत्वको जनमत पार्टीले बुधबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

जनमत पार्टी उपत्यका समन्वय समितिले किसानहरूको माग सम्बोधन गर्न माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले ‘किसानको माग पूरा गर, समयमा मल सिँचाइको व्यवस्था गर’जस्ता नाराहरु लगाएका थिए ।

बर्सेनि किसानले मल अभाव झेल्दै आएका छन् । प्रत्येक वर्ष किसानले मलका लागि संघर्ष गर्दै आएका छन् भने चिनी मिलले भुक्तानी नदिँदा उखु किसान पनि पीडित हुँदै आएका छन् । यही बेला किसानको मुद्दा लिएर जनमत पार्टी आन्दोलनमा उत्रिएको हो । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people N
Actor 1 - Affiliations Janamat Party
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments