Incident Reports

नोबेल मेडिकल कलेजमा तालाबन्दी | Ratopati

2022-01-05

Province 1, Morang, Biratnagar

अतिरिक्त शुल्क विवादमा आन्दोलनरत विद्यार्थीले आज विराटनगरस्थित नोबेल मेडिकल कलेजमा ताला लगाएका छन् । एमबीबीएस प्रथम वर्षका विद्यार्थीको आन्दोलनमा समर्थन जनाउन नोबेल मेडिकल कलेज पुगेका विभिन्न विद्यार्थी संगठनका नेता कार्यकर्तासहितको टोलीले ताला लगाएको हो ।

अतिरिक्त शुल्क नबुझाएको भन्दै नोबेल मेडिकल कलेजले ८० जना हाराहारीमा विद्यार्थीलाई दुई सातादेखि कक्षा प्रवेशमा रोक लगाएको छ । ती विद्यार्थी कक्षा प्रवेशका लागि आन्दोलनरत छन् । तिनै विद्यार्थीको समर्थनका लागि पुगेका विद्यार्थी संगठनहरुले नोबेलको मुल गेटमा तोडफोडसमेत गरे ।

विद्यार्थीहरुले गेट फोडेर नोबेलको चौथो तलामा रहेको प्रशासन कक्षमा तालासमेत लगाएका छन् । नोबेल परिसरमा अहिले ठूलो संख्यामा प्रहरी परिचालित छन् । विद्यार्थीहरुले नोबेल मेडिकल कलेजका सञ्चालकविरुद्ध नाराबाजी जारी राखेका छन् ।

१४ लाख ८५ हजार रुपैयाँ बुझाएर एमबीबीएस प्रथम वर्षमा भर्ना भएका विद्यार्थीसँग नोबेल मेडिकल कलेजले विभिन्न शीर्षकमा अतिरिक्त शुल्क माग गरेको हो । अतिरिक्त शुल्क नदिएका विद्यार्थीलाई अध्ययनमा रोक लगाइएको आन्दोलित विद्यार्थीहरुको भनाइ छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other economic issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments