Incident Reports

पत्रकारमाथि दुर्व्यवहारको महासंघद्वारा विरोध

2022-01-06

२२ पुस, रौतहट । नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झालाई जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामकुमार तिमल्सेनाले दुर्व्यवहार गरेको घटनाको नेपाल पत्रकार महासंघले विरोध जनाएको छ ।

महासंघले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न र पत्रकारको संवैधानिक मर्यादा र अधिकारको सम्मान गर्न माग गरेको छ । रौतहटकै एक पत्रिकाको अनलाइन दर्ता प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालयमा पुगेका बेला प्रशासकीय अधिकृतले आफूलाई दुर्व्यवहार गरेको झाले बताएका छन् ।

‘उहाँले केही कागजातहरु माग्नुभयो सोही विषयको बारे प्रमुख जिल्ला अधिकारीलाई मैले अवगत गराउने क्रममा अधिकृत तिमल्सिनाले मलाई अपशब्द प्रयोग गर्नुभयो’ झाले भनेका छन् ।

महासंघ अध्यक्षमाथि भएको दुर्वव्यहारको नेपाल पत्रकार महासंघ रौतहट शखा र प्रदेश २ समितिले पनि विरोध जनाएका छन् । दोषीलाई कारवाही नभएसम्म जिल्ला प्रशासन कार्यालयको समाचार बहिस्कर गर्ने चेतावनी पत्रकार महासंघको रौतहट जिल्ला शाखाले दिएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले भने सामान्य विवाद भएको तर अपमानजनक शब्द प्रयोग नभएको बताए ।

नेपाल पत्रकार महासंघले महासंघका धनुषा शाखाका सदस्य सुरेशकुमार यादवको घरमा बुधबार राति अज्ञात समूहले आगजनी गरेको घटनाको पनि विरोध जनाएको छ ।

महासंघले घटनामा संलग्नको पहिचान गरी तत्काल कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन पनि माग गरेको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Freedom of Expression
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people N
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments