Incident Reports

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा अखिल क्रान्तिकारीद्वारा टायर बालेर प्रदर्शन

2022-01-24

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ – पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीका विद्यार्थीले सोमबार काठमाडौँको त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेका हुन् ।

उनीहरुले नाराबाजीसहित मुल सडकमा टायर समेत बालेका थिए । प्रहरीले प्रदर्शनकारी विद्यार्थीलाई तितरवितर पारेर टायर निभाएको हो ।

विप्लव नेकपाको अखिल क्रान्तिकारिका विद्यार्थीले पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध लगातार प्रदर्शन गर्दै आएको छ ।

नेपाल आयल निगमले गत बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ, डिजेल तथा मट्टितेलमा पनि तीन रुपैयाँ मूल्य बढाएको छ । यसले अन्य दैनिक उपभोग्य वस्तुहरुको मूल्यवृद्धि भएको भन्दै त्यसको विरोधमा विद्यार्थीले प्रदर्शन गरेका हुन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments