Incident Reports

बाजुरामा प्रशासन र जनप्रतिनिधीमाथि दुर्व्यवहार गरेको आरोपमा वडा अध्यक्ष पक्राउ

2022-01-25

Sudurpashchim, Bajura, Tribeni

बाजुराको त्रिवेणी नगरपालिका ७ का वडा अध्यक्ष प्रेमबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नगरपालिका र कर्मचारी प्रशासनबाट दिएको उजुरीका आधारमा अध्यक्ष थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो। कार्यपालिकाको निर्णय पुस्तीका च्यातेको र कर्मचारी प्रशासन र जनप्रतिनिधिमाथि नै अभद्र व्यवहार गरेको उजुरीपछि वडा अध्यक्ष थापालाई प्रक्राउ गरिएको प्रहरी निरीक्षक देवेन्द्र जोशीले बताएका छन्।उजुरी वडा नम्बर ९ का अध्यक्ष वीरबहादुर विष्टको नाममा पनि दिइएको थियो। उनी प्रहरी नियन्त्रणमा नरहेको र खोजी कार्य जारी रहेको प्रहरीले जोशीले बताए। घटनाको अनुसन्धान भइरहेको र विष्ट पक्राउ परेपछि अध्यक्षले सो कार्य गरे नगरेको पुष्टि हुने उनले बताए।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Other governance issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments