Incident Reports

सुकुम्बासीसँग रकम असुलेकोबारे छानबिन माग गर्दै तालाबन्दी

2022-04-05

Lumbini, Rupandehi, Butwal, Ward 11

२२ चैत, बुटवल । बुटवलमा घडेरी दिने नाममा सर्वसाधारणबाट रकम असलेको घटनाको छानबनिको माग गर्दै स्थानीय वासिन्दाले टोल विकास संस्थाको कार्यालयमा तालाबन्दी गरेका छन् । बुटवल उपमहानगरपालिका–११ को हात्तीसुड टोल विकास संस्थाका पदाधिकारीले लाखौं रकम असुली गरेर घडेरी नदिइएको भन्दै छानबिनको मागसहित स्थानीयले तालाबन्दी गरेका हुन् । टोल विकास संस्थाकै कोषाध्यक्ष सरस्वती गलामीसहितका स्थानीयले मंगलबार तालाबन्दी गरेका हुन् । छानबिन गरी सत्यतथ्य सार्वजनिक नगरेसम्म तालाबन्दी जारी रहने संस्थाका पूर्वसल्लाहकार सुनिल न्यौपानेले बताए । टोल विकास संस्थाका पदाधिकारीले सार्वजनिक जग्गा बेचबिखन गर्ने, आफू र आफन्तको नाममा दुई भन्दा बढी घडेरी लिएर कमाई खाने भांडो बनाएको पीडितको आरोप छ ।

टोल विकास संस्थाले गैरकानुनी काम ढाकछोपका लागि प्रहरी र कतिपय पत्रकारलाई समेत घडेरी बाँड्ने गरेको भन्दै पीडितले छानबिन र कारवाहीको माग गरेका छन् । टोल विकास संस्थाका पदाधिकारीले विभिन्न व्यक्तिबाट १८ लाख असुली गरेर हिनामिना गरेको आरोप लागेको छ ।

यसैबीच घडेरी दिने र झारा खाराको नाममा टोल विकास संस्थाले रकम असुलेर घटनाप्रति जनता समाजवादी पार्टी बुटवल उपमहानगरपालिका समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अन्यत्र जग्गा भएका व्यक्तिलाई समेत टोल विकास संस्थाका पदाधिकारीले सुकुम्बासीलाई जस्तै घडेरी बिक्री वितरण गरेको भन्दै उनीहरुलाई कुनै हालतमा छुट दिनु नहुने जसपा बुटवलका अध्यक्ष बामदेव भुसाल र सचिव तजु रानाले मंगलबार विज्ञप्तिमार्फत बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायबाट निष्पक्ष र स्वतन्त्र छानबिन गरी दोषीमाथि कडा कारवाही गर्न माग गर्दै जसपाले घटनाको छानबिन गरेमा बुटवलका अन्य सुकुम्बासी वस्तीका टोल विकास संस्थामा भए गरेका अनियमितता पनि खुल्दै जाने उल्लेख गरेको छ । ‘हाम्रो पार्टी नक्कली सुकुम्बासीले कब्जा गरेका घर घडेरी राज्यले नियन्त्रणमा लिएर वास्तविक भूमिहीनलाई वितरण गर्न जोडदार माग गर्दछ, टोल विकास संस्थाको आडमा कमाइ खाने व्यक्ति र सुकुम्बासीका नाममा राजनीति गर्ने दुबै प्रवृत्तिको अन्त्यका लागि राजनीतिक दल, नागकि समाज र सञ्चार जगतलाई हाम्रो पार्टी अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

यसैबीच टोल विकास संस्थाले मंगलबार पत्रकार सम्मेलन गरी अव्यवस्थित वसोवासीहरुको विवरण संकलन गर्ने क्रममा बसोवास परिचय पत्र वितरण गरिएको जनाएको छ । संस्थाका अध्यक्ष भीमसेन श्रेष्ठले आफू भन्दा अघिल्लो कार्यसमितिले गरेका आर्थिक हिनामिनाको जिम्मेवार आफूहरु नभएको दावी गरे । कोभिड–१९ महामारीका कारण संस्थाको नियमित साधारण सभा हुन नसकेको स्वीकार गर्दै उनले छिटै साधारणसभा गरिने बताए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Access/control of public land
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments