Incident Reports

रुकुम पश्चिमको सोती घटनाको दुई वर्ष : जातीय हिंसा विरुद्ध जुम्लामा प्रदर्शन

2022-05-25

जुम्लामा जातीय हिंसा विरुद्ध प्रदर्शन गरिएको छ। रुकुम पश्चिम सोती घटनाको दुई वर्ष पुग्दा पनि पीडित पक्षले न्याय नपाएको भन्दै जुम्लामा मंगलबार प्रदर्शन गरिएको हो। उक्त प्रदर्शनमा दोषीलाई हदै सम्मको कारबाहीको माग गरिएकाे छ। त्यस्तै जुम्लाका युवा धनराज सुनारको अगुवाईमा जिल्ला प्रशासन कार्यालय अगाडि प्ले कार्ड सहित युवाले सोती घटनामा पीडितलाई न्याय र दोषीलाई कारबाहीको माग गर्दै जातीय हिंसालाई अन्त्य गर्न जोडदार माग गरेका हुन्। मंगलबार प्रदेशव्यापी रुपमा सोती घटनाका सन्दर्भमा प्रदर्शन भईरहेको र जुम्लामा पनि युवाहरुको सहभागितामा झण्डै आधा घण्टा प्ले कार्ड सहितकाे प्रदर्शन गरिएको युवा सुनारले बताए। उनले भने, 'देशमा जातीय विरुद्धका दर्जनौँ कानून निर्माण भएपनि नमराज विक हत्या काण्ड लगायतका थुप्रै जघन्य अपराधका दोषीलाई हदै सम्मको कारबाही नहुनु दुःखद पक्ष हो।'​ दुई वर्ष पहिले आजकै दिन माथिल्लो जातकी किशोरीसँग प्रेम गरेकै कारण रुकुम पश्चिमका नमराज विक सहित ६ जनालाई लखेटेर भेरीमा मारेका थिए। जातीय हिंसा विरुद्ध हालसम्म तीनै तहका सरकारले कुनै उल्लेखनीय काम नगर्दा भविष्यमा यस्ता घटना बढ्नेमा दुईमत छैन। त्यसैले युवाको एकता, सामाजिक दबाब र कानून कार्यान्वयनमा जोड दिन आवश्यक रहेको युवा सरोज शाहीले बताए। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments