Incident Reports

रुकुम पश्चिम : कार्यालय सहयाेगी स्थानीय हुनुपर्ने भन्दै वडा कार्यालयमा तालाबन्दी

2022-06-17

Karnali, Rukum West, Chaurjahari, Ward 11

रुकुम पश्चिम - कार्यालय सहयोगी स्थानीयलाई राख्नुपर्ने मागसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको ११ नम्बर वडा कार्यालयमा तालाबन्दी गरिएको छ । स्थानीय युवाहरुले आइतवार एक विज्ञप्ति टाँसेर कार्यालयमा तालाबन्दी गरेको वडा सदस्य केशव ओलीले बताउनुभयो । स्थानीय ज्ञानेन्द्र राना, वीरबहादुर केसी, निर्मल शाह, कमला केसी र प्रेम खड्काले एक विज्ञप्ति टाँसेर कार्यालयमा चार वटा ताला लगाएको वडा सदस्य ओलीले जानकारी दिनुभयो । विज्ञप्तिमा वडाको कार्यालयको सहयोगी स्थानीयलाई नै राख्नुपर्ने माग राखिएको छ । चुनावमा स्थानीय युवाहरुलाई जागिरको प्रलोभन देखाएको तर कर्मचारी राख्ने बेला अन्य वडाबाट सरुवा गराएर ल्याएको भन्दै तालाबन्दी गरेको ज्ञानेन्द्र रानाले बताउनुभयो । उहाँका अनुसार कार्यालयले आफू खुशी कर्मचारी भर्ना नगरेर खुल्ला प्रतिस्पर्धाबाट राख्न माग गरिएको छ । यस अघि वडा नम्बर १३ मा कार्यरत प्रशान्त सार्कीलाई ११ नम्बरमा ल्याएपछि विरोध गरिएको हो । उहाँ वडा नम्बर १४ निवासी हुनुहुन्छ । कार्यालय बन्द हुँदा सबै जनप्रतिनिधि र सेवाग्राहीहरु बाहिरै रहेको वडा सदस्य ओलीले बताउनुभयो । स्थानीय प्रशासनसँग सबै पक्ष बसेर छलफल गरिने बताइएको छ । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments