Incident Reports

इन्धनको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुको प्रदर्शन, १० भन्दा बढी घाइते

2022-06-20

Bagmati, Kathmandu, Kathmandu

६ असार, काठमाडौं । पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंमा प्रदर्शन गरेको छ । सोमबार साँझ अनेरास्ववियुका कार्यकर्ताले काठमाडौंको घण्टाघर नजिकको त्रिचन्द्र क्याम्पसबाट मसाल जुलुसहित प्रदर्शन गरेका हुन् । त्यस क्रममा प्रहरी र प्रदर्शनकारी बीच झडप हुँदा अनेरास्वियुका वरिष्ठ उपाध्‍यक्ष आरसी लामिछानेसहित १० जना भन्दा धेरै घाइते भएका छन् । घाइतेहरुको काठमाडौं मोडेल अस्पतालमा उपचार भइरहेको छ । नेपाल आयल निगमले सोमबार मात्रै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Violent demonstration
Weapons None
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 10
National/Online Media

0 Comments