Incident Reports

मूल्यवृद्धिको विरोधमा भरतपुरमा अनेरास्ववियू र युवा संघको प्रदर्शन

2022-06-21

Bagmati, Chitawan, Bharatpur

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, एसपिपी सम्झौता, रासायनिक मलको अभाव लगायतको विरोधमा नेकपा एमालेका भातृ संगठन अनेरास्ववियू र राष्ट्रिय युवा संघ चितवनले प्रदर्शन गरेका छन्। भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पस अगाडि पूर्व–पश्चिम राजमार्गमा उनीहरूले विरोध प्रदर्शन गरेका हुन्। राजमार्ग अवरूद्ध गरेर उनीहरूले सरकारविरूद्ध नाराबाजी गरेका थिए। युवा तथा विद्यार्थीहरूले प्रधानमन्त्री र अर्थमन्त्रीको पुत्ला जलाएका थिए। उनीहरूले पेट्रोलिय पदार्थको मूल्यवृद्धिको निर्णय फिर्ता लिन, महँगी नियन्त्रण गर्न, किसानलाई पर्याप्त रासायनिक मल उपलब्ध गराउन, बलात्कारीलाई सजाय दिन, एसपिपी सम्झौता खारेज गर्न, अर्थ मन्त्रालयको सिसिटिभी फुटेज सार्वजनिक गर्न माग गरिएका प्लेकार्ड बोकेका थिए। उनीहरूले करिब आधा घण्टा पूर्व–पश्चिम राजमार्ग बन्द गरे। विरोध प्रदर्शनका क्रममा युवा संघका नेता अस्मिन घिमिरे कोरा कपडा लगाएर राजमार्गमा बसेका थिए। ‘मैले जनताका समस्या केही पनि नदेख्ने सरकार मृतसरह छ भनेर सांकेतिक रूपमा कोरा कपडा लगाएर विरोध गरेको हुँ,’ उनले भने। अनेरास्ववियूका केन्द्रीय सदस्य प्रकाश आचार्यले सरकारले जनतालाई मर्का पर्नेगरी गरेका निर्णयहरू फिर्ता नलिँदासम्म आन्दोलन जारी रहने बताए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Secondary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments