Incident Reports

नुवाकोटमा मूल्यवृद्धिको विरोधमा विद्यार्थीको मसाल जुलुस 

2022-06-21

नुवाकोट — पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नुवाकोटमा एमाले निकट विद्यार्थी संगठनले विरोध प्रदर्शनसहित मसाल जुलुस निकालेको छ । मंगलबार साँझ अनेरास्ववियुले पार्टी कार्यालय विदुरदेखि लोकतान्त्रिक चोकसमेत मसाल जुलुस निकालेको थियो । उनीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर, महँगी नियन्त्रण गर भन्दै सरकारको राजीनामासमेत मागेका थिए । अनेरास्ववियुका केन्द्रीय सदस्य विष्णुहरि रिमालले सरकारले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नलिए सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments